2 weeks ago
November 24, 2025
एजेन्सी – जुड बेलिङघमले एक गोल र एक असिस्ट गरेपछि रियल माड्रिडले एल्चेसँग २-२ को बराबरी खेलेको छ। बराबरी पछि पनि रियल ला लिगाको शीर्ष स्थानमा फर्किएको छ ।
आइतवार खेलमा रियल दुई पटक पछि परेको थियो। एल्चेका एलेइक्स फेबासले ५५ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए।
त्यसपछि ७८ औं मिनेटमा रियलका डिन ह्युसेनले बेलिङघमको पासमा गोल गर्दै खेल बराबरी बनाए। तर ८४औँ मिनेटमा आल्भारो रोड्रिगेजले अर्को गोल गर्दै एल्चेलाई २–१ को अग्रता दिए।
खेल सकिन ३ मिनेट बाँकी हुँदा किलियन एमबाप्पेको पासमा बेलिङघमले गोल गर्दै रियललाई २–२ को बराबरीमा ल्याए। पछिल्ला ४ लिगा खेलमा यो उनको तेस्रो गोल हो।
इन्जुरी समयमा एल्चे १० खेलाडीमा सिमित भएको थियो। डिफेन्डर भिक्टर चस्टलाई दोस्रो पहेंलो कार्ड सँगै मैदान बाहिरका थिए।
यो बराबरीसँगै रियल बार्सिलोनाभन्दा अघि फेरि शीर्ष स्थानमा पुगेको छ। एल्चे भने ११औँ स्थानमा छ।

December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]