default_image

3 weeks ago

November 24, 2025

२५ औं आहा रारा पोखरा गोल्डकप माघ अन्तिममा

469 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)- आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २५ औं संस्करण माघको अन्तिममा सुरु हुने भएको छ।

सहारा क्लब पोखराले २०५८ सालबाट पोखरा रंगशालामा आयोजना गर्दै आएको आहा रारा गोल्डकपको रजत जयन्तीको अवसरमा माघ २७ देखि फागुन ९ गतेसम्म हुने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) बाट यही समय तालिका प्राप्त भएको सहाराका अध्यक्ष केशवबहादुर थापाले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिए।

प्रतियोगिताको मुख्य प्रायोजक आहा रारा चाउचाउको उत्पादक हिमश्री फुड्स प्रा. लि., संरक्षक पोखरा महानगर पालिका, विशेष सहयोग राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश खेलकुद परिषद्, कास्की जिल्ला खेलकुद विकास समिति, अखिल नेपाल फुटबल संघ, कास्की जिल्ला फुटबल संघ, सह उप प्रायोजक पोखरा महानगर पालिका वडा नं. ९ रहेका छन् ।

सहाराले संचालन गर्दै आएको सूर्य बहादुर केसी स्मृति सहारा आवासिय फुटबल एकेडेमीको सहयोगार्थ कात्तिक १४ गते सहारा च्यारिटी डिनर नाईट कार्यक्रम आयोजना गरिएको थियो । त्यसबाट २४ लाख भन्दा बढी आम्दानी र त्यसमा १७ लाख रुपैयाँ भन्दा बढी नाफा भएको सहाराले जनाएको छ।

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

Success

Thank you for your time.