default_image

2 weeks ago

November 25, 2025

१० खेलाडीमा सिमित एभर्टनसँग युनाइटेड स्तब्ध

634 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर युनाइटेड प्रिमियर लिगमा सोमवार १० खेलाडीमा सिमित एभर्टनसँग स्तब्ध भएको छ।

कियरन ड्युज्बरी होलको सानदार गोलको मद्दतले युनाइटेडलाई १-० ले हराउँदै एभर्टनले ऐतिहासिक जित हासिल गरेको हो । रुबेन अमोरिमले युनाइटेडको जिम्मेवारी सम्हालेको एक वर्ष पूरा भएको दिन टोलीले हार बेहोरेको छ ।

इद्रिसा गेइले १३औँ मिनेटमा आफ्नै टोलीका माइकल किनलाई हानेपछि रातो कार्ड खाँदा एभर्टनले १० खेलाडी मा सिमित भएको थियो।

एभर्टनले सन् २०१३ पछि ओल्ड ट्राफोर्डमा जित निकालेको यो पहिलो अवसर हो। २९ औं मिनेटमा डेविड मोयेसको टोलीले अग्रता लिएको थियो। होलले पेनाल्टी बक्स बाहिरबाट हानेको कडा प्रहार गोलकिपर सेने लामेन्सले छोए पनि गोल भएको थियो।

युनाइटेडले दोस्रो हाफमा खेल पूर्णरूपमा नियन्त्रणमा लिएर बराबरी गोलका लागि धेरै प्रयास गर्‍यो। तर एभर्टनका गोलकिपर जोर्डन पिकफोर्डले ब्रायन म्बेमो र जोशुआ जिर्कजेका प्रहार रोकेर टोली अग्रता जोगाएका थिए।

यो जितसँगै एभर्टन तालिकाको ११औँ स्थानमा उक्लिएको छ। समान अंकमा साथ युनाइटेड १०औँ स्थानमा छ । युनाइटेडले पाँचौँ स्थानमा उक्लिने मौका गुमाएको थियो।

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

Success

Thank you for your time.