2 weeks ago
November 27, 2025
एजेन्सी – किलियन एमबाप्पेले ४ गोल गरेपछि रियल मड्रिडले च्याम्पियन्स लिगमा बुधवार ओलिम्पियाकोसलाई ४–३ ले हराएको छ।
ग्रीसमा भएको खेलमा घरेलु टोली ओलिम्पियाकोसले चिकीन्होको टाढाबाट प्रहार गरेको गोलले आठौं मिनेटमा अग्रता लियो। तर त्यसपछि एमबाप्पे रोकिएनन्। उनले ७ मिनेटभित्रै ह्याट्रिक पूरा गरे ।
एमबाप्पेले २२ औं मिनेटमा पहिलो गोल भिनिसियसको पासमा, २४ औं मिनेटमा दोस्रो अर्दा गुलरको क्रसमा हेडिङ, र २९ औं मिनेटमा तेस्रो क्यामाभिङ्गाको पासमा अफसाइड ट्र्याप बिट गरेर गोल गर्दै ह्याट्रिक पूरा गरे।
तर ओलिम्पियाकोसले बदलिएका खेलाडी मेहदी तारेमीले ५२ औं मिनेटमा गोल गरेर अन्तर घटाए।
५९ औं मिनेटमा एमबाप्पेले चौथो गोल गरेपछि रियल खेलमा बलियो स्थितिमा पुग्यो।
८१ औं मिनेटमा घरेलु टोलीका अयूब एल काबीका हेडर गोलमार्फत अन्त्यतिर खेल रोचक बनायो।
रियलले ३ खेलपछि पहिलो जित निकाल्यो। यो जितसँगै रियल तालिकाको पाँचौं स्थानमा पुगेको छ । ओलिम्पियाकोस ३३औं स्थानमा छ।
च्याम्पियन्स लिगमा बुधवारको नतिजा र अंक तालिका



December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]