2 weeks ago
November 27, 2025
एजेन्सी – आर्सनलले यो सिजन सबै प्रतियोगितामा अपराजित रहेको बायर्न म्युनिखलाई हराउँदै आफ्नो लिग चरणको सफल यात्रा जारी राखेको छ। आर्सनल ३-१ ले विजयी भएको थियो।
खेलको २२औँ मिनेटमा आर्सनलले अग्रता लियो। बुकायो साकाको कर्नरमा जुरिएन टिम्बरले हेड गर्दै गोल गरे। तर १० मिनेटपछि बायर्नले बराबरी गर्यो।
जोसुआ किमिखको लामो पासबाट सर्ज ग्नाब्रीले बल नियन्त्रणमा लिएर १७ वर्षका लेनार्ट कार्ललाई पास दिए र उनले गोल गरे।
७९ औं नोनि माडुकेको नजिकैबाट गरेको गोलमा आर्सनललाई पुनः अग्रता लियो। ७७ औं मिनेटमा गेब्रियल मार्टिनेलीले म्यानुएल न्यायरलाई छक्याएर बल ड्रिबल गर्दै खाली पोस्टमा गोल गर्दै जित पक्का गरे ।
यो जितसँगै १५ अंकसहित शीर्ष स्थानमा रहेको आर्सनलले च्याम्पियन्स लिगको नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ।
एमबाप्पेको ४ गोल
किलियन एमबाप्पेले ४ गोल गरेपछि रियल मड्रिडले ओलिम्पियाकोसलाई ४–३ ले हराएको छ।
ग्रीसमा भएको खेलमा घरेलु टोली ओलिम्पियाकोसले चिकीन्होको टाढाबाट प्रहार गरेको गोलले आठौं मिनेटमा अग्रता लियो। तर त्यसपछि एमबाप्पे रोकिएनन्। उनले ७ मिनेटभित्रै ह्याट्रिक पूरा गरे गरे ।
एमबाप्पेले २२ औं मिनेटमा पहिलो गोल भिनिसियसको पासमा, २४ औं मिनेटमा दोस्रो अर्दा गुलरको क्रसमा हेडिङ, र २९ औं मिनेटमा तेस्रो क्यामाभिङ्गाको पासमा अफसाइड ट्र्याप बिट गरेर गोल गर्दै ह्याट्रिक पूरा गरे।
तर ओलिम्पियाकोसले बदलिएका खेलाडी मेहदी तारेमीले ५२ औं मिनेटमा गोल गरेर अन्तर घटाए।
५९ औं मिनेटमा एमबाप्पेले चौथो गोल गरेपछि रियल खेलमा बलियो स्थितिमा पुग्यो।
८१ औं मिनेटमा घरेलु टोलीका अयूब एल काबीका हेडर गोलमार्फत अन्त्यतिर खेल रोचक बनायो। रियलले ३ खेलपछि पहिलो जित निकाल्यो। यो जितसँगै रियल तालिकाको पाँचौँ स्थानमा पुगेको छ । ओलिम्पियाकोस ३३औँ स्थानमा छ।
बुधवार च्याम्पियन्स लिगका अन्य खेलमा पिएसभीले लिभरपुललाई ४-१ ले, साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) ले टोटनहमलाई ५-३ ले, एट्लेटिको म्याड्रिडले इन्टर मिलानलाई २-१ ले हराएको छ।
च्याम्पियन्स लिगमा बुधवार नतिजा र ५ चरणको खेलपछिको अंक तालिका



December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]