default_image

2 weeks ago

November 28, 2025

रोमा र एस्टन भिल्लाको‌ जित

338 views

0 Bookmark

एजेन्सी – युरोपा लिगमा बिहीवार रोमा, नटिङ्घाम फरेस्ट र एस्टन भिल्लाले महत्त्वपूर्ण जित निकालेका छन् ।

रोमा २-१ मिड्ट्युल्यान्ड

रोमाले घरेलु मैदानमा पहिलो जित हासिल गर्यो। खेलको सातौं मिनेटमा नेइल एल आयनाउईले जेकी सेलिकको क्रसमा गोल गरे।

दोस्रो हाफमा पाउलो डायबाला र स्टेफान एल शारावीका प्रहार रोक्न मिड्ट्युल्यान्डका गोलरक्षकले राम्रो बचाउगरे। तर ८३औँ मिनेटमा एल शारावीले दोस्रो गोल गर्दै रोमालाई‌ २–० ले अघि बढाए ।

मिड्ट्युल्यान्डका पाउलिन्होले तीन मिनेटपछि एक गोल फर्काए । तर बराबरी गर्न सकेन र टोलीलको अपराजित यात्रामा पूर्णविराम लाग्यो।

नटिङ्घाम फरेस्ट ३–० माल्मो

फरेस्टले लगातार दोस्रो घरेलु जित दर्ता गर्दै माल्मोलाई सहज रुपमा पराजित गर्यो।

२७औँ मिनेटमा क्याप्टेन रायन येट्सले बाकसभित्रबाट पहिलो गोल गरे। उनको अर्को प्रयास गोलकिपरले रोकिदिए, तर रिबाउन्डमा आर्नोद कालिमुएन्डोले ४४औँ मिनेटमा गोल थपे।

५९औँ मिनेटतिर कर्नरबाट निकोला मिलेनकोभिकले तेस्रो गोल गरे। यो जितसँगै फरेस्टको अंक ८ पुगेको छ।

एस्टन भिल्ला २–१ योङ ब्वाइज

एस्टन भिल्लाले घरेलु मैदानमा योङ ब्वाइजलाई हराउँदै ५ खेलमा चौथो जित दर्ता गर्यो।

डोन्येल मालेन खेलका दुवै गोलका नायक बने। ३०औँ मिनेटतिर उनले पहिलो गोल हेडबाट गरे। अर्को गोल गर्दै भिल्लालाई पहिलो हाफमा २–० को अग्रता दिलाए।

खेलको अन्त्यतिर योङग ब्वाइजका जोएल मोन्टेइरोले एक गोल फर्काउँदै दबाब बनाए। टोलीले बराबरी गोल गर्न सकेन।

युरोपा लिगको बिहीवार पाचौं चरणको नतिजा र अंक तालिका

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

Success

Thank you for your time.