default_image

2 weeks ago

November 28, 2025

पोर्चुगल पहिलोपटक यु १७ विश्वकप च्याम्पियन

1036 views

0 Bookmark

एजेन्सी – पोर्चुगलले दोहामा भएको फाइनलमा अष्ट्रियालाई १-० ले हराउँदै यु १७ विश्वकप फुटबलको इतिहासमा पहिलोपटक उपाधि जितेको छ।

खेलको ३२औं मिनेटमा अनिसियो काब्रालले गरेको गोल नै निर्णायक बन्यो। उनी ‘प्लेयर अफ द म्याच’ पनि घोषित भए।

अष्ट्रियाले बराबरी गोलका लागि धेरै प्रयास गर्‍यो। खेलको अन्त्यतिर डानियल फ्राउस्चरको प्रहार पोस्टमा लागेर फर्किँदा टोली दुर्भाग्यशाली बने।

पोर्चुगलका गोलरक्षक रोमारियो कुनहाले खेलभर उत्कृष्ट बचाउ गरे। उनले अष्ट्रियाका हसान देसिश्कु र इफेआनी नडुक्वेका प्रहारसमेत रोक्दै टोलीलाई अग्रता जोगाए ।

अन्त्यसम्म अष्ट्रियाले दबाब दिए पनि पोर्चुगलले अग्रता जोगाउँदै २०२५ मा ऐतिहासिक यु १७ विश्वकप उपाधि जितेको छ।

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

Success

Thank you for your time.