default_image

2 weeks ago

November 29, 2025

फोडेनको २ गोलमा सिटीको जित

320 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर सिटी शनिवार विजयी हुँदै प्रिमियर लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

फिल फोडेनको उच्च प्रदर्शनमा सिटीले लिड्स युनाइटेडलाई ३-२ ले हराएको छ। फिल फोडेनले पहिलो मिनेटमै गोल गरे र भने इन्जुरी समयको पहिलो मिनेटमा निर्णायक गोल गरे।

२५ औं मिनेटमा जोस्को ग्भार्डिओलले गोल गरेपछि सिटी पहिलो हाफमा २-० ले अघि रह्यो। दोस्रो हाफमा लिड्सका डोमिनिक क्याल्भर्ट लेविन मैदानमा प्रवेश गरेपछि खेल बदलियो।

उनले ४९ औं मिनेटमा गोल फर्काए । पेनाल्टी पनि जिते। ६८ औं मिनेटमा पेनाल्टीमा लुकास नेमेकाले रिबाउन्डमा गोल गर्दै खेल २-२ बराबरीमा ल्याए।

लिड्सले जितका लागि धेरै प्रयास गर्यो । तर सफल भएन। इन्जुरी समयको पहिलो मिनेटमै फोडेनले गोल गरेपछि सिटीले नाटकीय जित निकाल्यो ।

यो जितसँगै सिटी २५ अंकसहित दोस्रो स्थानमा पुगेको छ। शीर्ष स्थानको आर्सनल २९ र तेस्रो स्थानको चेल्सीको २३ अंक छ। आर्सनल र चेल्सी आइतवार खेल्दैछन् ।

लिड्स १८औँ स्थानम छ। शनिवार अन्य खेलमा ब्रेन्टफोर्डले बर्नलीलाई ३-१ ले र सन्डरल्यान्डले बोर्नमाउथलाई ३-२ ले हराएको छ।

प्रिमियर लिगमा शनिवारको नतिजा र अंक तालिकाको शीर्ष १५ टोली

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

Success

Thank you for your time.