default_image

2 weeks ago

November 30, 2025

इन्टर मियामी एमएलएस कपको फाइनलमा

241 views

0 Bookmark

एजेन्सी – लियोनेल मेस्सी अर्को उपाधिका लागि तयार हुनुपर्ने भएको छ। उनका पुराना साथी जोर्डी आल्बा र सर्जियो बुस्केट्सन पनि अझै सशक्त प्रदर्शन गरिरहेका छन्।

टाडेओ अलान्डेले ह्याट्रिक गर्दै चम्किए । पहिलो दुई गोलमा मेस्सीसँग धेरै वर्ष खेलेका आल्बा र बुस्केट्सले पास दिएका थिए। दुवै खेलाडी यो सिजनपछि अवकाश लिँदैछन्।

शनिबार राति इन्टर मियामीले न्युयोर्क सिटी एफसीलाई ५-१ ले हराउँदै इस्टर्न कन्फ्रेन्सको उपाधि जित्यो । योसँगै मियामी एमएलएस कप फाइनलको फाइनल पुगेको छ।

मियामीका लागि माटेओ सिल्भेट्टीले ६७औँ मिनेटमा गोल गरे । त्यसमा मेस्सीले असिस्ट दिएका थिए। यो उनको खेल जीवनको ४ सय पाँचौं असिस्ट हो । फुटबल इतिहासकै सबैभन्दा धेरै मानिन्छ।

८३औँ मिनेटमा आल्बाले पासमा टेलास्को सेगोभियाले गोल गरे। १४ र २३ औं मिनेटमा गोल गरेका ओलान्डेले ८९औँ मिनेटमा अर्को गोल गर्दै ह्याट्रिक गरे।

इस्टर्न कन्फ्रेन्सको तेस्रो स्थानमा रहेको मियामीले डिसेम्बर ६ मा सेन डिएगो वा भ्यान्कुभरसँग उपाधिको लागि खेल्नेछ। सेन डिएगो र भ्यान्कुभर वेस्टर्न कन्फ्रेन्सको उपाधिका लागि खेल्दैछन्।

मियामीका लागि यो पहिलो एमएलएस फाइनल हो ।५ सिजनमा टोली प्लेअफको पहिलो चरण पार गर्न पनि सकेको थिएनन्।

मेस्सीको क्लबले यो सिजन भ्यान्कुभरविरुद्ध दुवै खेल हारेको थियो। कन्काकाफ च्याम्पियन्स कपको सेमिफाइनलमा समग्रमस ५-१ ले पराजित भएको थियो।

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

Success

Thank you for your time.