default_image

2 weeks ago

November 30, 2025

फुटबल खेलाडी संघ भन्छ – ‘आन्दोलन रोकिएको छैन’

429 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- तीन पक्षीयबीच बनेको समझदारी अनुरुप अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको अब बस्ने बैठकबाट सहिद स्मारक ए डिभिजन लिगको मिति औपचारिक घोषणा हुने विश्वास नेपाल फुटबल खेलाडी संघले व्यक्त गरेको छ।

एन्फालाई समझादारी अनुसार प्रक्रिया अघि बढाउन आग्रह गर्दै खेलाडी संघले आइतवार प्रेस विज्ञप्ति हाम्रो माग पूरा नभएसम्म आन्दोलन कायमै रहनेछ।

‘ झन्डै ३ वर्ष देखि स्थगित सहिद स्मारक ए डिभिजन लिग यही वर्ष हुनुपर्ने र अन्य सबै लिगको सुनिश्चितताका लागि सुरु गरिएको आन्दोलन यथावत रहेको जानकारी गराउन चाहन्छौँ,’ संघका अध्यक्ष विक्रम लामाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासँग नेपाली फुटबलका सरोकारवाला अखिल नेपाल फुटबल संघ (एन्फा), ए डिभिजन क्लबहरू र खेलाडी संघका प्रतिनिधिहरूबीच छुट्टाछुट्टै तथा संयुक्त छलफल पश्चात् ए–डिभिजन लिग यसै वर्ष सुरु गर्ने सहमति भएको कुरा सबैमा विदित छ, विज्ञप्तिमा भनिएको छ, ‘त्यसपछि एन्फा, क्लब तथा खेलाडी संघबीच पटक–पटक भएको छलफलले पनि यही सहमतिको पुष्टि गरिसकेको छ। अब बस्न लागेको एन्फा कार्यसमितिबाट लिग मिति औपचारिक रूपमा घोषणा गर्ने समझदारी बनिसकेकाले सो प्रक्रियालाई शीघ्र सम्पन्न गर्न हामी आग्रह गर्दछौँ।’

यदि एन्फा यो वर्ष ए डिभिजन लिग नहुने कुनै निर्णय गरिएको खण्डमा त्यो कुनै हालतमा स्वीकार्य नहुने पनि खेलाडी संघले प्रस्ट पारेको छ।
एन्फा र क्लबबीच सहमति भएको राष्ट्रिय लिग सञ्चालनमा फुटबल खेलाडी संघ बाधक रहने छैन भन्दै संघले भनेको छ,’ तर, हाम्रो न्यूनतम माग ए डिभिजन लिगसहित सबै तहका फुटबल लिगहरूको सुनिश्चितता हो।’

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

Success

Thank you for your time.