default_image

2 weeks ago

November 30, 2025

एन्फा कार्यसमितिको आपतकालीन बैठक भोलि बस्ने

494 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको आपतकालीन बैठक सोमवार बस्ने भएको छ।

एन्फा महासचिव किरण राईले एन्फा उपाध्यक्ष, पदाधिकारी र केन्द्रीय सदस्यलाई शुक्रवार पत्र काट्दै
आपतकालिन बैठकवसी छलफल गरी निर्णय गर्नु पर्ने भएको भन्दै सोमवार बिहान १०:०० बजेका लागि बैठक बोलाएका छन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने बैठकमा भौतिक रुपमा उपस्थिति हुन नसक्नेका लागि जुम लिङ्क पठाइने पनि पत्रमा उल्लेख गरिएको छ।
आपतकालीन बैठकको एजेण्डा भने पत्रमा उल्लेख गरिएको छैन।

ए डिभिजन लिगका विषयमा आपतकालीन बैठकमा छलफल हुने अनुमान गरिएको छ।

तीन पक्षीयबीच बनेको समझदारी अनुसार एन्फा कार्यसमितिको अब बस्ने बैठकबाट सहिद स्मारक ए डिभिजन लिगको मिति औपचारिक घोषणा हुने नेपाल फुटबल खेलाडी संघले विश्वाससहितको प्रेस विज्ञप्ति आज जारी गरेको थियो।

एन्फा, ए डिभिजन क्लब र नेपाल फुटबल खेलाडी संघबीच ए डिभिजन लिगका‌ विषयमा पटक पटक छलफलपछि एन्फा कार्यसमितिबाटै लिगको बारेमा अन्तिम निर्णय लिने सहमति भएको बताइएको छ।

एन्फालाई समझादारी अनुसार प्रक्रिया अघि बढाउन आग्रह गर्दै खेलाडी संघले आइतवार प्रेस विज्ञप्तिमार्फत भनेको छ,’ हाम्रो माग पूरा नभएसम्म आन्दोलन कायमै रहनेछ।’

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

Success

Thank you for your time.