default_image

2 weeks ago

November 30, 2025

उपाध्यक्ष शाहीको एन्फा अध्यक्षमा उम्मेदवारी घोषणा

1241 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष विराटजंग शाहीले आगामी निर्वाचनमा एन्फा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

नेपाली फुटबलका विद्यमान बेथिति र विसंगतीबाट मुक्त नगर्ने हो भने नेपालमा फुटबल इतिहासको पानामा सीमित हुने उल्लेख गर्दै सुशासन स्थापना गर्दै नेपाली फुटबलको ओरालो लागेको यात्रालाई रोक्न र यसको गुमेको गरिमा फर्काउन इमान्दार र सक्षम नेतृत्व पहिलो आवश्यकता रहेको शाहीले औल्याएका छन्।

शाहीले आइतवार लामो विज्ञप्तिमा भनिएको छ, ‘ नेपाली फुटबलको यही आवश्यकता पूर्तिका लागि म, पूर्व राष्ट्रिय खेलाडी विराट जग शाही एन्फाको आगामी निर्वाचनमा अध्यक्ष पदका लागि आफ्‌नो उम्मेदवारी घोषणा गर्दछु।’

एउटा फुटबल खेलाडीका लागि देशको जर्सी छातीमा टाँसेर राष्ट्रिय गान गाउनु भन्दा ठूलो गर्वको क्षण जीवनमा अरू केही नहुने जनाउँदै उनले एक पूर्व अन्तर्राष्ट्रिय खेलाडीका रूपमा आफूले त्यो गौरवको अनुभूति गरेको बताएका छन्।

‘तर, आज जब म एन्फाको वर्तमान उपाध्यक्ष र पूर्व कोषाध्यक्षको जिम्मेवारीबाट पछाडि फर्केर हेर्छु, नेपाली फुटबलको वर्तमान दूरावस्थाले मेरो मन चसक्क पोल्छ। एउटा खेलाडीका रुपमा गौरवले चौडा हुने छाती फुटबलको वर्तमान दूरावस्थाका बीच पदाधिकारी हुँ भन्दा खुम्चन्छ,’ विज्ञप्तिमा‌ बनिएको छ।

शाही वर्तमान एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङको प्यानलबाट उपाध्यक्षमा निर्वाचित भएका थिए। तर निर्वाचित भएको केही महिनापछि नै उनी नेम्वाङको विपक्षमा रहँदै आएका छन्।

एन्फा कार्यसमितिमा प्रष्ट दुई समूह छन् । वर्तमान कार्यसमितिको ४ वर्षे कार्यकाल २०८३ असारमा पूरा हुँदैछ।

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

Success

Thank you for your time.