default_image

2 weeks ago

November 30, 2025

युनाइटेडले क्रिस्टल प्यालेसलाई‌ हरायो

495 views

0 Bookmark

एजेन्सी – क्रिस्टल प्यालेसलाई २-१ गोल अन्तरले हराउँदै म्यानचेस्टर युनाइटेड इङ्लिस प्रिमियर लिगको शीर्ष छ स्थानमा फर्किएको छ।

उत्कृष्ट कमब्याक गर्दै युनाइटेडले सन् २०२० पछि पहिलोपटक सेलहर्स्ट पार्कमा जित निकालेको हो।
खेलको सुरुवातमा प्यालेसले उत्कृष्ट प्रदर्शन गर्‍यो।

खेलको ३६ औं मिनेटमा क्रिस्टल प्यालेसले अग्रता बनायो। फिलिप माटेटाले दुईपटक पेनाल्टी प्रहार गर्नुगर्यो। दोस्रो पटक प्रहार गरेको पेनाल्टी मान्य भएसँगै पहिलो हाफमा प्यालेसलाई अग्रता दिलाउन सफल रहे।

तर दोस्रो हाफमा युनाइटेड खेलमा फर्कियो। दोस्रो हाफको नवौं मिनेटमा टाइट एङ्गलबाट जोसुवाले गोल गरे। खेल १-१ गोलको बराबरीमा पुग्यो।

त्यसपछि खेलको ७४औँ मिनेटमा मासन माउन्टले गोल गरे। यो गोल नै निर्णायक बन्दा युनाइटेड उत्कृष्ट पुनरागमन गर्दै २-१ को जित निकाल्न सफल रह्यो।

लगातार ३ खेलमा जित निकाल्न नसकेको युनाइटेड ले २१ अंक सहित छैटौं स्थानमा उक्लिएको छ। क्रिस्टल प्यालेससँग २० अंक छ। हारमा टोलीके शीर्ष ४ मा पुग्ने मौका गुमायो।

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

Success

Thank you for your time.