1 week ago
December 1, 2025
एजेन्सी – १० खेलाडीमा सीमित भएको चेल्सीले शीर्ष स्थानको आर्सनललाई रोक्दै प्रिमियर लिगको रोमाञ्चक लन्डन डर्बी १-१ को बराबरीमा टुंग्यायो।
स्ट्याम्फोर्ड ब्रिजमा भएको खेल निकै उतार चढावपूर्ण रह्यो। आर्सनलले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग अन्तर ७ अंक पुर्याउने लक्ष्य राखेको थियो । तर बराबरीपछि डिसेम्बरको सुरुवात ५ अंकको अग्रताबाट हुनेछ ।
खेलको ३८औँ मिनेटमा चेल्सीका मोइसेस कैसिडो रातो कार्ड खाँदै मैदान बाहिरिएपछि आर्सनललाई फाइदा मिलेजस्तो देखिएको थियो। तर दोस्रो हाफको सुरुवातमै ट्रेपोह चालोबाहले हेडरमार्फत चेल्सीलाई अग्रता दिलाए।
५९औँ मिनेटमा बुकायो साकाले दिएका उत्कृष्ट क्रसमा मिकेल मेरिनोले हेड गर्दै आर्सनललाई बराबरीमा ल्याए। त्यसपछि पनि आर्सनलले जित निकाल्ने कोशिश गर्यो, तर अन्तिमसम्म गोल गर्न सकेन।
यो बराबरीपछि चेल्सी र आर्सनल ( ३० अंक) बीचको अंक अन्तर ६ रहेको छ। चेल्सी एस्टन भिलालाई पछि पार्दै पुनः तेस्रो स्थानमा उक्लिएको छ।
लिभरपुलको जित
लिभरपुलल वेष्ट हमलाई २–० ले हराउँदै जितको लय समातेको छ। एलेक्जान्डर इसाकले क्लबका लागि पहिलो प्रिमियर लिग गोल गर्दा कोडी गाक्पोले इन्जुरी समयमा दोस्रो गोल थपे।

लण्डन स्टेडियममा भएको खेलमा वेष्ट हम दोस्रो हाफमै १० खेलाडीमा सीमित भयो। इसाकले ६०औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसअघि इसाकको प्रहार वेष्ट हमका गोलरक्षक अल्फोन्स एरिओलाले रोकेका थिए।
१० खेलाडीमा सिमित वेष्ट ह्यामले फर्कने प्रयास गरे पनि खेलभर एउटोपनि लक्ष्यमा शट कर्न सकेन। इन्जुरी समयको दोस्रो मिनेटमा गाक्पोले गोल गर्दै लिभरपुलको जित निश्चित गरे।
यो जितसँगै लगातार तीन खेलमा हार बेहोरेको लिभरपुलले महत्वपूर्ण ३ अंक बटुल्दै तालिकाको आठौँ स्थानमा पुगेको छ।


December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]