default_image

2 weeks ago

December 3, 2025

हालान्डको सय गोल पूरा ,सिटीको रोमान्चक जित

513 views

0 Bookmark

एजेन्सी – एर्लिङ हालान्डले प्रिमियर लिगमा १ सय गोल पूरा गरेको प्रिमियर लिगको मंगलवारको खेलमा म्यानचेस्टर सिटीले फुलहमलाई ५-४ ले हराएको छ।

क्राभेन कुटेजमा भएको खेलमा हालान्डले १७औँ मिनेटमा जेरमी डोकूको पासबाट गोल गर्दै आफ्नो सय गोल पूरा पूरा गरे। उनी सबैभन्दा छिटो सय गोल पूरा गर्ने खेलाडी बनेका छन्। उनले यो उपलब्धि मात्र १ सय ११ खेलमै हासिल गरेका हुन्।

सिटीका तिज्जानी रेजिन्डर्सले ३७ औं र फिल फोडेन ४४ औं मिनेटमा गोल गरे। फुलहमका एमिल स्मिथ रोउले हेडर गोल फर्काएपछि पहिलो हाफ ३-१ भएको थियो ।

४८ औं मिनेटमा फोडेनले अर्को गोल थपे र सैंडर बर्गेको आत्मघाती गोलले ५४ औं मिनेटमा सिटीले अग्रता ५–१ बनायो। तर फुलहमले हार मानेन। एलेक्स इवोबीले ५७ औं मिनेटमा गोल फर्काए । सामुएल चुक्वुयेज़काले ७२ औं र ७८ औं मिनेटमा गोल गर्दा खेल थप रोचक बन्यो ।‌

तर अन्तिम क्षणमा जोस्को ग्भार्डियोलले गोललाइनबाट क्लियरेन्स गर्दै सिटीको जित सुरक्षित गरे। यो जितसँगै सिटी शीर्षस्थान (२८ अंक) मा रहेको आर्सनलभन्दा २ अंकमात्र पछि पुगेको छ भने फुलहम १५औँ स्थानमै छ।

मंगलवारका अन्य खेलमा एभर्टनले बोर्नमाउथलाई १-० ले हराएको छ भने न्युक्यासल र टोटनहमले २-२ को बराबरी खेलेका छन्।

प्रिमियर लिगमा मंगलवारको नतिजा र तालिकाका शीर्ष १५ टोलीको अंक

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

Success

Thank you for your time.