7 hours ago
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ।
मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो ।
तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा टुंगियो। तर दोस्रो हाफमा खेल पूरै युनाइटेडले नियन्त्रणमा राख्यो।
५१ औं मिनेटमा काउन्टर अट्याकमा ब्रायन एमबुमोले गोल गर्दै युनाइटेडलाई फेरि अग्रता दिलाए। त्यसपछि ६२औँ मिनेटमा फर्नान्डेसको उत्कृष्ट पासबाट मेसन माउन्टले तेस्रो गोल गरे।
त्यसपछि ८२ औं मिनेटमा यर्सन मोस्क्वेराको ह्यान्ड बलपछि प्राप्त पेनाल्टीलाई फर्नान्डेसले सजिलै गोलमा परिणत गरे।
यो हारपछि वुल्भ्स अझै यो सिजनको पहिलो जितको खोजीमा छ। रोब एडवर्ड्सको टोली १७औँ स्थानको नटिङ्घम फरेस्टभन्दा १३ अंक पछाडि छ।
प्रिमियर लिग इतिहासकै सबैभन्दा खराब सुरुआतमध्ये यो एक हो। बनाइदिएको छ। युनाइटेड शीर्ष ४ टोली भन्दा १ अंक पछि छ।
प्रिमियर लिग अंकतालिकाको शीर्ष १० टोली

December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]