दिपेश तिमल्सिना
मुम्बई – नेपाल र भारतबीच हुने मैत्रीपूर्ण खेलका लागि भारतको गुरप्रित सिंह सन्धुको कप्तानीमा उत्रने सुरुवाती एघारको घोषणा भएको छ।
नियमित कप्तान सुनिल क्षेत्रीको अनुपस्थितिसँगै सुरुवाती एघारमा प्रशिक्षक स्टेफेन कन्स्ट्यानटाइनले रबिन सिंह र जेजे लालपेख्लुआलाइ आक्रमणको जिम्मेवारी सुम्पिएका छन्।
मध्यक्रममा होलिचरण नार्जारी,मोहम्मद रफिक, रोलिन बोर्जेस र ज्यकिकचन्द सिंह छन् भने डिफेन्सको भूमिका संदेश झिंगन, प्रितम कोटल, नारायण दास र अनास एडाथोडिकाले सम्हाल्नेछन्।
गोलरक्षक गुरप्रित सिंह सन्धु भारतको गोलरक्षक हुन्।