दिपेश तिमल्सिना
मुम्बई – भारत र नेपालबीच जारि मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ। भारतले नेपालको तुलनामा केहि राम्रो आक्रमण बुनेपनि दुवैतर्फबाट गोल हुन सकेको छैन।
खेलको १६औं मिनेटमा संदेश जिंघनले कर्नरबाट आएको क्रसलाई किपरलाई धकेल्दै गोलतर्फ छिराएपनि रेफ्रीले त्यसलाई फल दिएका थिए। त्यसरीनै २३औं मिनेटमा रबिन सिंहको हेडर बल पोष्टभन्दा केहि पर खसेको थियो।
खेलको ३७औं मिनेटमा रोहित चन्दले उत्कृष्ट हेडिङ गर्दै भारतको खतरानाक आक्रमणलाई विफल तुल्याएका थिए। रोहितले मिडफिल्डमा उत्कृष्ट प्रदर्शन गर्दै भारतको थुप्रै आक्रमणलाई विफल तुल्याएका छन्।
हाफको अन्तिम समयमा नवयुग श्रेष्ठले गोलरक्षक अगाडी बढेको अवस्थामा मौका पाएपनि गोल भने गर्न सकेका थिएनन्।
नवयुगले गुमाएको मौका: