दिपेश तिमल्सिना
मुम्बई – भारतविरुद्धको मंगलबार भएको मैत्रीपूर्ण खेलमा नेपालका लागि बिमल बस्नेत र हेमन्त थापा मगरले पहिलोपटक राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका छन्।
जेजे लाल्पेखलुआ र संदेश झिंगनको गोलमा नेपालले २-०को हार व्येहोरेको थियो। दुवै खेलाडी नेपाली टोलीमा पहिलोपटक परेका हुन्। दोश्रो हाफमा वैकल्पिक खेलाडीका रुपमा दुवै खेलाडीले मैदान प्रवेश गरेका थिए। हेमन्तले रोहित चन्दको स्थान लिएका थिए।
बिमल डिफेन्डर हुन् भने हेमन्त मिडफिल्डर हुन्। यी दुवै खेलाडी हाल लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लबसँग आवद्ध छन्।
विमलले राष्ट्रिय टोलीको अन्तिम २०मा समावेश भएसँगै आफ्नो सपना पुरा भएको बताएका थिए।