7 years ago
June 14, 2017
एजेन्सी – युरोपेली च्याम्पियन्स लिग विजेता एवं स्पेनिस लिग च्याम्पियन रियल म्याड्रिडले आगामी सिजन २०१७/१८को लागि नयाँ जर्सी सार्वजनिक गरेको छ। एडिडास कम्पनिले निर्माण गर्ने जर्सीमा फ्लाई इमिरेट्स प्रायोजक रहेको छ। विगतको सिजनमा जस्तै यसपाली पनि रियलको घरेलु जर्सीमा रियलको ऐतिहासिक सेतो रङ्ग झल्केको छ। आकाशे निलो रङ्गको धार काँधमा राखिएको जर्सीमा एडिडासको परम्परागत तिन […]
एजेन्सी – युरोपेली च्याम्पियन्स लिग विजेता एवं स्पेनिस लिग च्याम्पियन रियल म्याड्रिडले आगामी सिजन २०१७/१८को लागि नयाँ जर्सी सार्वजनिक गरेको छ।
एडिडास कम्पनिले निर्माण गर्ने जर्सीमा फ्लाई इमिरेट्स प्रायोजक रहेको छ। विगतको सिजनमा जस्तै यसपाली पनि रियलको घरेलु जर्सीमा रियलको ऐतिहासिक सेतो रङ्ग झल्केको छ। आकाशे निलो रङ्गको धार काँधमा राखिएको जर्सीमा एडिडासको परम्परागत तिन धर्के लाइन पनि रहेको छ। जर्सीको घाँटी भने भी-नेकको कलर रहेको छ।
अवे जर्सीमा भने केहि फरक डिजाइन रहेको छ। कालो जर्सीमा आकाशे निलो धार प्रयोग गरिएको छ। एडिडासको तिन धर्के भने जर्सीको दुइ छेउमा राखिएको छ।
गोलरक्षकको जर्सी भने हरियो खाकीको रङ्गमा रहेको छ। काँधदेखि पाखुरासम्म एडिडासको सेतो तिनधर्के राखिएको जर्सिमा भी नेक कलर रहेको छ।
April 18, 2024
एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]
April 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा सानेपा क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा सानेपा क्लबले स्वयम्भू क्लब माथि २-१ को जित निकालेको हो । सानेपाको लागि पेम्बा दोर्जे र निरञ्जन जंग शाहीले १-१ गोल गरे । पराजित स्वयम्भूका लागि सुग्रीत मगरले एक गोल […]
April 17, 2024
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्।बुधबार लामालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। लागू औषध मुद्दामा पाटन उच्च अदालतबाट ५ वर्षको कैद सजाय तोकिएयता उनी फरार थिए। पछिल्लो समय उनी एन्फा कार्यसमिति बैठक र साधारण सभामा पनि अनुपस्थित थिए। पछिल्लो साताबाट भने लामा सामाजिक […]