काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर आदित्य चौधरीले घुँडाको शल्यक्रिया गरेसँगै आगामी जुलाई महिनामा हुने एएफसी यू-२३ च्याम्पियनसिप छनोट गुमाउने भएका छन्। विगत २ वर्षयता राष्ट्रिय टोलीका महत्त्वपूर्ण खेलाडीका रुपमा स्थापित आदित्यले मेनिस्कसको शल्यक्रिया गरेका हुन्।
गतसाता सम्पन्न एएफसी एसियन कप अन्तर्गत नेपाल र यमनले खेलेको गोलरहित बराबरी भएको खेलमा आदित्यले चोट बोकेका थिए। उनि खेलको ७३औं मिनेटमा मैदानबाट बाहिरिएका थिए। यसअघि पनि घुँडाको चोटले ग्रसित रहेका आदित्यले विश्राम गर्दै खेलेका थिए। उनको शल्यक्रियाको सम्पूर्ण खर्च अखिल नेपाल फुटबल संघले व्येहोर्ने भएको छ।
शल्यक्रियासँगै उनले अब केहि महिना मैदानबाहिर विश्राम गर्नुपर्ने हुन्छ। यू-२३ च्याम्पियनसिपको छनोटका लागि उनको अनुपअस्थितिमा अनन्त तामाङमाथि थप जिम्मेवारी आउने भएको छ। प्रशिक्षक मेघराज केसीको मुख्य प्रशिक्षणमा टोली युएई जान लागेको हो।