काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पिक डे उपलक्ष्यमा नेपाल खेलकुद पत्रकार मञ्चसँगको मैत्रीपूर्ण फुटबल खेल अखिल नेपाल फुटबल संघ (एन्फा) को टोलीले जितेको छ ।
ललितपुर सातदोबाटोस्थित एन्फाको मैदानमा आज भएको खेलमा एन्फा ६–२ ले विजयी भएको थियो । आयुष खड्काले खेलको सुरुआतमा गोल गर्दै मञ्चले अग्रता दिलाएपनि एन्फा महासचिव धिरेन्द्र प्रधानले पेनाल्टी मार्फत बराबरी गोल गरेका थिए ।
गौरव थापा, सञ्जिव मिश्र र रवि महर्जनले गोल गरेपछि पहिलो हाफमा एन्फा ४–१ ले अघि लागेको थियो । दोस्रो हाफमा एन्फाका लागि नानीराम भुजेल र लव खत्रीले गोल थपे । मञ्चका लागि आभाष घिमिरलेले गोल फर्काएका थिए ।