काठमाडौं (हाम्रो खेलकुद)– साउदी अरबमा रहेका नेपालीहरुले स्थापना गरेका दुई क्लबको संयुक्त आयोजनामा हुने न्यू अन्नपूर्ण एवंमु नेपाली ब्वाइज गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा नेपाली समुदायका ३० टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
न्यू अन्नपूर्ण स्पोर्टस् क्लब र नेपाली ब्वाइज युथ क्लबको संयुक्त आयोजनामा हुने प्रतियोगिता आइतबारदेखि तीन दिन बिहान ८ बजेदेखि राती ११ सम्म चल्ने नेपाली ब्वाइज युथ क्लबका अनिल श्रेष्ठले हाम्रो खेलकुद डटकमलाई टेलिफोनमार्फत जानकारी दिएका छन् ।
प्रतियोगितो को विजेता टोलीले १ लाख ११ हजार १ सय ११ र दोस्रो हुने टोली ७७ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गर्नेछन् । उद्घाटन खेल सह आयोजक न्यू अन्नपूर्ण र स्पोर्टस ब्वाइज युनियनबीच हुनेछ ।
दमाम नाबियास्थित प्रिन्स नायाफ स्पोर्टस् रंगशालामा हुने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्ड, फरवार्ड र उच्च गोलकर्तालाई पनि पुरस्कृत गरिने बताइएको छ ।