पोखरा (हाम्रो खेलकुद)– पोखराको सहारा क्लबको सहारा एकेडेमीमा रहेका बालकका लागि सफल गुरुङले शनिबार २८ टे«निङ जर्सी सेट प्रदान गरेका छन् । सफल सहारा युकेका पूर्व अध्यक्ष दीलिप गुरुङका छोरा हुन् ।
सफललाई क्लबका अध्यक्ष वीरभद्र आचार्य एकेडेमीका अध्यक्ष समेत रहेका क्लबका निर्वतमान अध्यक्ष विक्रम थकाली र अन्य पदाधिकारीले एकेडमीमा स्वागत गरेका थिए । पोखराको १७ नम्बर वडास्थित दोब्बिल्लामा रहेको एकेडेमीमा २८ अनाथ बालकहरु बस्दै आएका छन् ।
क्लबले उनीहरुको अध्ययनदेखि फुटबल प्रशिक्षण लगायत सबै खर्च बेहोर्छ । एकेडेमी सञ्चालका लागि क्लबले हरेक बर्ष आह रारा गोल्ड कप आयोजना गर्दै आएको छ । गत माघमा आहा गोल्ड कपको १५ औं संस्करण आयोजना गरेको थियो । क्लबले एकेडेमीको छुट्टै अक्षय कोष पनि स्थापना गरिसकेको छ । जसमा करोड भन्दा बढी संकलन भइसकेको छ ।