काठमाडौं (हाम्रो खेलकुद)– न्यू अन्नपूर्ण, रियाद रेड एफसी, नेपाली ब्वाइज एफसी र युनाइटेड नेपाल एफसी साउदी अरबमा नेपाली समूदायबीच जारी नकआउट फुटबलको सेमिफाइनलमा पुगेका छन् ।
क्वार्टरफाइनलमा न्यू अन्नपूर्णले फ्रेन्ड्सिप एफसीलाई ४–०, युनाइनेड नेपालले पान्डा एफसीलाई पेनाल्टी सुटआउटमा ५–२ ले, रियालले लालिगुराँस एफसीलाई १ –० ले र नेपाली ब्वाइजले आदर्श एफसीलाई १ –० ले हराएको थियो ।
न्यू अन्नपूर्ण स्पोर्टस् क्लब र नेपाली ब्वाइज युथ क्लबको संयुक्त आयोजनामा जारी प्रतियोगिताको आज हुने सेमिफाइनलमा न्यू अन्नपूर्ण र रियाद तथा नेपाली ब्वाइज र युनाइटेड नेपालबीच प्रतिस्पर्धा हुने साउदीबाट अनिल श्रेष्ठले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन् ।
प्रतियोगितो को विजेता टोलीले १ लाख ११ हजार १ सय ११ र दोस्रो हुने टोली ७७ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गर्नेछन् । उद्घाटन खेल सह आयोजक न्यू अन्नपूर्ण र स्पोर्टस ब्वाइन युनियनबीच हुनेछ ।
दमाम नाबियास्थित रंगशालामा जारी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्ड, फरवार्ड र उच्च गोलकर्तालाई पनि पुरस्कृत गरिने बताइएको छ ।