default_image

7 years ago

July 4, 2017

माल्दिभ्समा किरणको टोलीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाइका गोलकिपर किरण चेम्जोङको टोली टिसी स्पोर्टस क्लबले माल्दिभियन प्रिमियर लिगमा सोमबार बराबरी खेलेको छ । अवे खेलमा किरणको टोलीले अंक तालिकाको शीर्ष टोली माजियलाई गोलरहित बराबरी रोक्दै दवाबलाई थोरै कम गराएको छ । यमनसँगको एसियन कप छनोटमा म्यान अफ दी म्याच प्रदर्शन गर्दै माल्दिभ्स पुगेपछि भने राष्ट्रिय […]

26 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाइका गोलकिपर किरण चेम्जोङको टोली टिसी स्पोर्टस क्लबले माल्दिभियन प्रिमियर लिगमा सोमबार बराबरी खेलेको छ । अवे खेलमा किरणको टोलीले अंक तालिकाको शीर्ष टोली माजियलाई गोलरहित बराबरी रोक्दै दवाबलाई थोरै कम गराएको छ ।

टिसी स्पोर्टस क्लब । फाइल तस्बिर

यमनसँगको एसियन कप छनोटमा म्यान अफ दी म्याच प्रदर्शन गर्दै माल्दिभ्स पुगेपछि भने राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ निराश भएका थिए । जेठको अन्तिममा घरेलु मैदानमा उच्च प्रदर्शन गर्दै छनोटमा नेपाललाई १ अंक दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका किरणले प्रिमियर लिगमा टिसी स्पोर्टसको हारलाई जोगाउन सकेनन् । जहाँ टोली न्यू रेडियन्टसँगको अवे खेलमा किरणको टोली ४–३ ले पराजित भएको थियो । जसका कारण टोली दबाबमा थियो ।

८ टोली सहभागी प्रिमियर लिगमा किरणको टोलीको ११ खेलमा १५ अंक पुगेको छ । माजियाको २५ अंक पुग्यो । सिजनको सुरुआतमा उच्च प्रदर्शन गरेको टिसी स्पोर्टसले पछिल्ला सोमबारअघिका ५ मध्ये १ जित, १ बराबरी र बाँकी ३ खेलमा हार बेहोरेको थियो । अहिले सम्म टोलीले खेलेका ११ खेलमा ४ जित, ३ बराबरी र ४ खेलमा हार बेहोरेको छ । शीर्ष टोली माजियाले भने १० खेलमा ८ जित,१ बराबरी र २ खेलमा हार बेहोरेको थियो ।

April 16, 2024

आरसी ३२ को तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)– आरसी–३२ ले सहिद स्मारक लिग ‘सी’ डिभिजनमा लगातार तेस्रो जित निकाल्दै शीर्ष स्थानमा उक्लेको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा आरसीले महावीरलाई १–० ले हरायो । अर्को खेलमा बागमती युवा क्लबले सामाजिक युवा क्लबलाई २–० ले पराजित गरेको छ । विवेक राईले २८ औं मिनेटमा गरेको गोल आरसी ३२ का […]

April 16, 2024

चेल्सीको‌ जितमा पाल्मेरको ४ गोल

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार सानदार जित निकालेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले एभर्टनलाई ६-० ले हराएको हो । चेल्सीका कोले पाल्मेरले ४ तथा निकोलस ज्याक्सन र अल्फी गिलक्रिस्टले समान १ गोल गरेका थिए। १३ औं मिनेटमा पहिलो गोल गरेका पाल्मेरले २९ औंमा ह्याट्रिक पूरा गरेका थिए। उनले दोस्रो गोल […]

April 16, 2024

पुलिस जीतपुरसिमरा गोल्डकप च्याम्पियन

सुनिल गाउँले, सिमरा नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले वर्षको पहिलो उपाधि जितेको छ । निर्धारित ९० मिनेट र थप समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले बाजी मारेको थियो । परिवर्तित गोलकिपर […]

Success

Thank you for your time.