default_image

7 years ago

July 5, 2017

म्यानचेस्टर युनाईटेड समर्थकहरुले फुट्सल आयोजना गर्दै

काठमाडौँ (हाम्रो खेलकुद)- यहि आउदो जुलाई ८मा म्यानचेस्टर युनाईटेड सपोर्टर्स क्लब नेपालले जर्सी पसलसँगको सहकार्यमा फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ। ‘सहयोगको लागि फुट्सल’को नारा राखेर आयोजना गर्न लागिएको प्रतियोगितामा उठेको सम्पूर्ण रकम बानेश्वर संगम चोकमा स्तिथ नयाँ नेपाल समाज केन्द्रलाई हस्तान्तरण गरिने आयोजककातर्फ बाट विकास भण्डारीले जानकारी दिए। उनले इच्छुक म्यानचेस्टर युनाईटेड समर्थकहरुले सहभागिता […]

27 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद)- यहि आउदो जुलाई ८मा म्यानचेस्टर युनाईटेड सपोर्टर्स क्लब नेपालले जर्सी पसलसँगको सहकार्यमा फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ।

‘सहयोगको लागि फुट्सल’को नारा राखेर आयोजना गर्न लागिएको प्रतियोगितामा उठेको सम्पूर्ण रकम बानेश्वर संगम चोकमा स्तिथ नयाँ नेपाल समाज केन्द्रलाई हस्तान्तरण गरिने आयोजककातर्फ बाट विकास भण्डारीले जानकारी दिए। उनले इच्छुक म्यानचेस्टर युनाईटेड समर्थकहरुले सहभागिता जनाउन सक्ने बताए।

प्रतियोगितामा दर्ता शुल्कको रुपमा प्रति खेलाडी १ सय ५० रुपैया रहेको छ र एक टोलीमा ७ खेलाडी समाबेश हुने छन्। बिजेता टोलीले ट्रफी र मेडल हात पार्ने छन्। प्रतियोगिता बिहान १० बजे देखि अपराह्न ४ बजेसम्म संचालन हुने छ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.