default_image

7 years ago

July 6, 2017

नेपाल फिफा वरियतामा एक स्थान तल झर्यो

काठमाडौं (हाम्रो खेलकुद) – फिफा वरियतामा नेपाल गत महिनाको तुलनामा एक स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले बिहिबार सार्वजनिक गरेको जुलाई महिनाको वरियतामा नेपाल १ सय ७० औं स्थानमा छ । नेपालले अघिल्लो महिनाका दुई खेलमा एउटामा बराबरी र अर्कोमा हार बेहोरेको थियो । जुन १३ मा हलचोकमा भएको एसियन कप छनोटमा […]

51 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फिफा वरियतामा नेपाल गत महिनाको तुलनामा एक स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले बिहिबार सार्वजनिक गरेको जुलाई महिनाको वरियतामा नेपाल १ सय ७० औं स्थानमा छ । नेपालले अघिल्लो महिनाका दुई खेलमा एउटामा बराबरी र अर्कोमा हार बेहोरेको थियो ।

जुन १३ मा हलचोकमा भएको एसियन कप छनोटमा यमनसँग गोलरहित बराबरी खेलेको नेपाल त्यसअघि जुन ६ मा भारतसँगको मैत्रीपूर्ण खेलमा २–० ले पराजित भएको थियो । नेपाल गत महिना चार स्थान सुधार गर्दै १ सय ६९ औं स्थानमा उक्लेको नेपाल पछिल्ला दुई नतिजापछि एक स्थान तल झरेको हो ।

फिफाको वेभसाइटका अनुसार ९६ औंमा रहेको भारत दक्षिण एसियाली राष्ट्रमा शीर्षस्थानमा यथावत छ । भारतले यसपटक अघिल्लो महिनाको चार स्थानले सुधार गरेको छ । १ सय ४२ फिफा वरियतामा रहेको माल्दिभ्स दक्षिण एसियाली राष्ट्रमध्ये दोस्रोमा छ । त्यस्तै भुटान १ सय ६४ औं तथा नेपाल भन्दा पछि बंगालादेश १ सय ९० औं, श्रीलंका १ सय ९७ औं र पाकिस्तान २ सयौं स्थानमा छ ।

दुई स्थान माथी चढ्दै कन्फेडेरेसन कप विजेता जर्मनी फिफा वरियताको शीर्षस्थानमा उक्लदा ब्राजिल दोस्रो स्थानमा झरेको छ । अर्जेन्टिना तेस्रो, पोर्चुगल चौथो र स्विट्जरल्यान्ड पाँचौं स्थानमा छन् । पोल्यान्ड, चिली, कोलम्बिया, फ्रान्स र बेल्जियम क्रमश ः छैटौंदेखि दसौं स्थानमा छन् ।

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

April 24, 2024

चेल्सीमाथि आर्सनलको सानदार जित

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित […]

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

Success

Thank you for your time.