default_image

7 years ago

July 11, 2017

जापानमा नेपाली समूदायबीच समर कप फुटसल हुने

काठमाडौं (हाम्रो खेलकुद)– जापानमा नेपाली समुदायकाबीच दोस्रो समर कप फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । खुकुरी एफसीको आयोजनामा आइतबार सञ्चालन हुने प्रतियोगितामा १६ टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले ३ लाख र दोस्रो हुने टोलीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक खुकुरी एफसीले जनाएको छ । सहभागी १६ टोलीलाई ४ समूहमा विभाजन […]

18 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– जापानमा नेपाली समुदायकाबीच दोस्रो समर कप फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । खुकुरी एफसीको आयोजनामा आइतबार सञ्चालन हुने प्रतियोगितामा १६ टोलीको सहभागिता रहनेछ ।

प्रतियोगिताको विजेताले ३ लाख र दोस्रो हुने टोलीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक खुकुरी एफसीले जनाएको छ । सहभागी १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । राउन्ड रोविन लिगपछि समूहका शीर्ष २ टोली प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्नेछन् ।

आयोजक खुकुरी एफसी (रेड), एभरेष्ट एफसी, फुकुका ब्रदर्श र क्योदाई सिजुका एफसी समूह ‘ए’ मा तथा वाजिरो एफसी (निलो), तमु धिन एफसी, नेप्लिज ब्रदर्श ‘ए’ र गर्खाली एफसी समूह ‘बी’ मा छन् ।

त्यस्तै समूह ‘सी’ मा वाजिरो (सेतो), केएसयु स्पोर्ट क्लब ‘ए’, नेप्जिल ब्रदर्श‘बी’ र नेपाल एफसी तथा समूह ‘डी’ मा खुकुरी एफसी (निलो), तेन्जिन ल्याड्स, केएसयु‘बी’ कुरुमे एफसी समूह ‘डी’ मा छन् ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.