7 years ago
July 11, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली यू २३ राष्ट्रिय फुटबल टोलीका कप्तान एवं फरवार्ड विमल घर्ती मगरको चोट सामान्य रहेको टोलीका फिजियो राजु दाहालले जानकारी दिएका छन्। बंगलादेशको यू२३ टोली विरुद्धको १-० को जितमा विमललाई चोट लागेको थियो । खेलको २७औं मिनेटमा बक्सको दायाँतर्फबाट पोष्टमा कडा प्रहार गरेका विमलको ल्यान्डिङगर्दा काँधमा दबाब पारेको थियो। पहिला चोट […]
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली यू २३ राष्ट्रिय फुटबल टोलीका कप्तान एवं फरवार्ड विमल घर्ती मगरको चोट सामान्य रहेको टोलीका फिजियो राजु दाहालले जानकारी दिएका छन्। बंगलादेशको यू२३ टोली विरुद्धको १-० को जितमा विमललाई चोट लागेको थियो ।
खेलको २७औं मिनेटमा बक्सको दायाँतर्फबाट पोष्टमा कडा प्रहार गरेका विमलको ल्यान्डिङगर्दा काँधमा दबाब पारेको थियो। पहिला चोट लागेको भागमा एक्कासी दबाब पर्नाले उनलाई अत्याधिक दुखाइ भएपछि फिजियो दाहालले मैदानबाहिर लगेर आइसीङ गरेका थिए। लामो समयसम्म दुखाइ कम नभएपछि प्रशिक्षक राजु काजी शाक्यले उनको स्थानमा विश्वास श्रेष्ठलाई मैदानमा पठाएका थिए।
खेलपछि हाम्रो खेलकुद डट कमलाई जानकारी दिंदै टोलीका फिजियो राजु दाहालले चोट सामान्य भएको बताएका छन्। ‘विमलको चोट सामान्य हो। पहिला चोट लागेको ठाउँमा परेकोले अत्यधिक दुखाइ भएको थियो। चिन्ता गर्नुपर्ने चोट हैन।’ उनको चोट सामान्य रहेको विमल आफैंले पनि बताए। उनले भोलीदेखि नै प्रशिक्षणमा फर्कने सम्भावना रहेको छ।
April 23, 2024
हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]
April 23, 2024
एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]
April 23, 2024
एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]