default_image

7 years ago

July 11, 2017

‘उत्कृष्ट विमलले नेपाललाई जिताए’ – बंगलादेशी प्रशिक्षक एन्ड्रयु

काठमाडौँ (हाम्रो खेलकुद) – नेपालसँग १-०ले पराजित भएसँगै बंगलादेशका प्रशिक्षक एन्ड्रयु ओर्डले नेपाली टोलीको एएफसी कपमा रहेको आशा विमलको प्रदर्शनमा टिकेको बताए। उनले विमल निकै छिटो-छरितो रहेको र नेपालको फरवार्ड लाइनका ‘डरलाग्दा खेलाडी’को संज्ञा दिए। खेलपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओर्डले नेपाली टोलीले खेल जितेपनि खासै फरक नरहेको बताए। ‘नेपालले मैले सोचेजस्तै खेल खेल्यो। उनीहरुको […]

27 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – नेपालसँग १-०ले पराजित भएसँगै बंगलादेशका प्रशिक्षक एन्ड्रयु ओर्डले नेपाली टोलीको एएफसी कपमा रहेको आशा विमलको प्रदर्शनमा टिकेको बताए। उनले विमल निकै छिटो-छरितो रहेको र नेपालको फरवार्ड लाइनका ‘डरलाग्दा खेलाडी’को संज्ञा दिए।

खेलपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओर्डले नेपाली टोलीले खेल जितेपनि खासै फरक नरहेको बताए। ‘नेपालले मैले सोचेजस्तै खेल खेल्यो। उनीहरुको फरवार्डले पाएको मौकाको राम्रो सदुपयोग गर्दै गोल गर्न सफल रह्यो तर हाम्रा फरवार्डहरु महत्त्वपूर्ण समयमा चुके। सायद हामीले आफ्नो अवसरहरुमा सहि निर्णय लिएको भए फरक नतिजा आउने थियो।’

उनले नेपालका कप्तान विमलको पनि खुलेर तारिफ गरे। ‘विमल निकै उत्कृष्ट खेलाडी हुन्। उनि अरु खेलाडीको तुलनामा निकै छिटो-छरितो देखिए। उनको उपस्थितिमा नेपालको फरवार्ड लाइन बलियो थियो र उनले गोल पनि आफ्नो स्तर अनुसारकै गरे।’

उनले नेपालको एएफसी च्याम्पियनसिपमा छनोटको बारेमा बोल्दै केहि आशा भने रहेको बताए। ‘फुटबलमा केहि पनि किटान गर्न सकिन्न। नेपालको खेल हेर्दा अहिले केहि भन्न सक्ने अवस्था छैन। विमल एकदमै राम्रा खेलाडी हुन्, उनको प्रदर्शनले नेपाल अर्को चरणमा नपुग्ला भन्न सकिन्न। आजको खेलमा नेपाली समर्थकहरुको कारण पनि नेपाललाई केहि सहज भएको हो। युएईमा यस्तो समर्थन नहुने हुनाले त्यसले प्रदर्शनमा केहि असर पक्कै गर्छ।’

नेपालको खेलबारे बोल्दै उनले टोलीमा मिडफिल्डमा केहि समस्या रहेको बताए। ‘नेपालको मिडफिल्ड तुलनात्मक रुपमा कमजोर थियो। डिफेन्सबाट बल सिधै मिडफिल्डमा आइरहेको थियो। हामीले मिडफिल्डमा कब्जा जमाएको कारण केहि मौका बनाएका थियौं तर फरवार्ड लाइनमा चुक्न पुग्यौं।’

उनले सातदोबाटोको टर्फमा खेल्न पनि केहि असहज रहेको बताए। ‘यहाँको टर्फमा ग्राउण्ड पास खेल्न अलिकति गाह्रो छ। हामीले उता हुँदा त्यसै किसिमको प्रशिक्षण गर्दै आएका थियौं, तर यहाँ त्यसअनुसारको खेल खेल्न सकिएन। यहाँ एअर बल खेल्ने टोलीलाई फाइदा पुग्ने टर्फ छ। बल अलि छिटो चल्ने भएकाले हामीलाई केहि असहज महसुस भएको हो।’

बंगलादेश एएफसी यू२३को छनोट चरणमा समूह ‘इ’मा रहेको छ। उक्त समूहमा बंगलादेशसँगै आयोजक प्यालेस्टाइन, जोर्डन र ताजिकिस्तान रहेका छन्।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.