default_image

7 years ago

July 15, 2017

नेपालले साफ यू १५ च्याम्पियनसिप आयोजना गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले भदौंमा साफ यू १५ च्याम्पियनसिप फुटबल आयोजना गर्ने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यक्रम अनुसार हुने च्याम्पियनसिपमा नेपालसहित दक्षिण एसियाका ६ राष्ट्रको सहभागिता रहनेछ । अफगानिस्तान साफबाट अलग भैसकेको छ भने पाकिस्तानले भाग नलिने अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिए […]

34 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले भदौंमा साफ यू १५ च्याम्पियनसिप फुटबल आयोजना गर्ने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यक्रम अनुसार हुने च्याम्पियनसिपमा नेपालसहित दक्षिण एसियाका ६ राष्ट्रको सहभागिता रहनेछ ।

nepal-u15-national-team

हाल यू१६ एकेडमीमा रहेको टोली

अफगानिस्तान साफबाट अलग भैसकेको छ भने पाकिस्तानले भाग नलिने अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिए । भदौ २ देखि ११ गते सम्म सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदान र हलचोकस्थित शसस्त्र प्रहरी बलको मैदानमा च्याम्पियनसिप सञ्चालन हुनेछ ।च्याम्पियनसिपमा हुने १० खेलमध्ये फाइनलसहित ८ खेल सातदोबाटो र बाँकी २ खेल हलचोकस्थित शसस्त्र प्रहरी बलको मैदानमा हुने तुलाधरले बताए । हलचोकमा एउटा सेमिफाइनल र तेस्रो स्थानको खेल हुनेछ ।

नेपाल समूह ‘बी’मा भारत र माल्दिभ्ससँग रहेको छ । समूह ‘ए’ मा बंगलादेश भुटान र श्रीलंका छन् । राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । नेपालले भदौं ५ मा आफ्नो पहिलो खेलमा माल्दिभ्सको सामना गर्नेछ भने त्यसको दुई दिनपछि भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

च्याम्पियनसिपका लागि नेपालको तयारी आइतबारबाट सुरु हुने तुलाधरले जानकारी दिए । एन्फा एकेडेमीमा रहेका बाहेकका लागि पनि छनोटमा बोलाउने विषयमा एन्फामा छलफल भइरहेको उनले बताए । यसअघि साफ यू १६ आयोजना हुने गरेपनि क्षेत्रियस्तरको यू १५ पहिलो पटक आयोजना हुन लागेको हो ।

तीन बर्षअघि नेपालले पहिलो पटक साफ यू १९ च्याम्पियनसिप आयोजना गरेको थियो । विमल घर्तीमगरको कप्तानीमा रहेको नेपाली टोली उपाधि जितेको छ । अहिले विमलकै कप्तानीमा नेपाल एएफसी यू २३ च्याम्पियनसिप छनोट खेल्न युएइमा रहेको छ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.