default_image

7 years ago

July 15, 2017

दाजुको अपुरो सपना पुरा गर्दै अनन्त

सुबास हुमागाईं काठमाडौँ – युवा खेलाडी अनन्त तामाङ पछिल्ला २ वर्षमा नेपाली राष्ट्रिय फुटबल टोलीका महत्त्वपूर्ण सदस्यका रुपमा स्थापित भइसकेका छन्। सन् २०१५ को अगष्टमा भारतविरुद्ध भएको मैत्रीपूर्ण खेलमा नेपालको लागि डेब्यु गरेका अनन्तले त्यसयता फर्केर हेर्नुपरेको छैन। नेपालमै आयोजित साफ यू१९ च्याम्पियनसिपको उपाधि जितेर सुरु भएको विजय यात्रा सन् २०१६को सुरुवातमा जितेको बंगाबन्धु गोल्ड […]

61 views

0 Bookmark

सुबास हुमागाईं

काठमाडौँ – युवा खेलाडी अनन्त तामाङ पछिल्ला २ वर्षमा नेपाली राष्ट्रिय फुटबल टोलीका महत्त्वपूर्ण सदस्यका रुपमा स्थापित भइसकेका छन्। सन् २०१५ को अगष्टमा भारतविरुद्ध भएको मैत्रीपूर्ण खेलमा नेपालको लागि डेब्यु गरेका अनन्तले त्यसयता फर्केर हेर्नुपरेको छैन। नेपालमै आयोजित साफ यू१९ च्याम्पियनसिपको उपाधि जितेर सुरु भएको विजय यात्रा सन् २०१६को सुरुवातमा जितेको बंगाबन्धु गोल्ड कप र केहि समयपछि जितेको ऐतिहासिक सागको स्वर्ण पदकसम्म कायम रह्यो। जुझारु अनन्तले यी तीनै प्रतियोगितामा डटेर खेले र नेपाललाई सफलता दिलाउन प्रत्यक मिनेट मैदानमा लडिरहे। अझ नेपालले २०१६ नोभेम्बरमा एएफसी सोलिडारिटी कप जितेर फुटबल इतिहासमै पहिलोपटक औपचारिक उपाधि जित्दा अनन्तले टोलीलाई उपाधि यात्रासम्म डोर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

सानो उमेरमै सफलता हात पारेका डिफेन्डर तामाङले फुटबलमा लाग्नुपछाडीको सम्पूर्ण श्रेय आफ्नो दाजु प्रदिप गोले तामाङ (फुर्वा)लाई दिन्छन्। ‘म फुटबलमा छु त केवल मेरो दाजुकै कारणले हो। म सानो उमेरमा क्रिकेटप्रति आकर्षित थिएँ, दाजु भने फुटबल खेल्नुहुन्थ्यो। दाईहरुले फुटबल खेलेको हेर्दै हुर्किएँ। पछि दाई एनआरटि क्लबमा छनोट भएर काठमाडौँ जानुभयो। म पनि दाइको सामान प्रयोग गरेर अलिअलि फुटबल खेल्न थालेको थिएँ तर धेरैजसो क्रिकेट मैदानमै भेटिन्थें।’

यता दाजु फुर्वा भने एनआरटिमा आबद्ध भएको केहि समयमै टाइफाइडले ग्रस्त भए। ‘२ वर्षको विश्रामपछि ०६६ सालमा लिग सुरु हुँदै थियो। त्यसबेला राजु काजी शाक्य टोलीको प्रशिक्षक हुनुहुन्थ्यो र म फरवार्ड खेल्ने गर्दथें। तर लिगको सुरुमै मलाई टाइफाइड भयो र खेल्न सकिन। त्यसपछि ठिक भएर मैदानमा उत्रंदा मेरो घुँडामा चोट लाग्यो। सिजन पुरा हुँदासम्म पनि ठिक नभएपछि मैले फुटबलबाटै बिदा लिने निर्णय गरें।’

दाजु फुर्वाले फुटबलमा नफर्कने मनस्थिति बनाएपनि यसबिचमा भने भाइ अनन्तले एन्फाको उमेर समूहको टोलीमा आफ्नो नाम लेखाइसकेका थिए। फुटबलमा लगाव नभएका अनन्तले एन्फाको छनोटमा सहभागी हुने बहानामा काठमाडौँ घुम्ने रहर गरेकोले दाजु फुर्वाले उनलाई काठमाडौँ बोलाए। तर, छनोटमा अनन्तको प्रदर्शन देखेर उनि आफैं चकित भए। ‘मलाई अनन्तले खेल्छ जस्तो लागेको थिएन। अरुको तुलनामा केहि ढिला खेल्ने हुनाले मैले उसलाई डिफेन्समा खेल्ने सल्लाह दिए। तर छनोटमा उसले एकदम ढुक्क भएर खेलेको देख्दा एन्फाका प्रशिक्षकहरु प्रभावित हुनुभएछ। झापाबाट उनिसँगै आएका अन्य खेलाडी छनोट भएनन् तर घुम्ने बहानामा काठमाडौँ आएको भाइ एकेडेमीमा पर्यो।’

छनोट भएपछि भने अनन्तले अझै मेहेनत गरेर माथि जाने विश्वास बढेको उनले बताए। ‘सुरुमा त छनोट भन्दापनि सहभागिता हुन्छ भनेर ल्याएको थिएँ। तर उसले खेलेको हेर्दा मा आफैंलाई उसले राम्रो खेल्न सक्छ जस्तो लाग्यो। मैले उसलाई एन्फामै छाडेर खेलमा ध्यान दिन भनिरहें। नेपालमा भएको यू१६ देखि यू१९का खेलहरुमा उसको प्रदर्शन राम्रो थियो, तर मैले सधैं उसलाई अझै राम्रो गर्न सक्ने भन्दै जस दिएको छैन। उसले दिन प्रतिदिन आफुलाई सुधार्दै लागेको छ र उसमा अझै राम्रो हुने ठाउँ छ जस्तो मलाई लाग्छ।’

सन् २०१३को साफ यू१६ च्याम्पियनसिपका दौरान

अनन्तको यति छिटो यस स्तरसम्म आइपुग्छन् भन्ने आफुले पनि अनुमान नगरेको दाजु फुर्वाले स्वीकारे। ‘एन्फा एकेडेमीमा परेपछि उमेर समूहको प्रतियोगितासँगै भविष्यमा गएर एकपटक राष्ट्रिय टोलीमा खेल्दिए हुन्थ्यो भन्ने आशा गरेको थिएँ। तर समयसँगै उसले पाएको अवसरलाई सदुपयोग गर्दै आफुलाई पनि परिपक्व बनाउँदै लग्यो। यू१४ बाट यू१६ हुँदै यू१९ सम्म आइपुग्दा उसले त हामीले सोचेकोभन्दा पनि माथिल्लो स्तरसम्म खेल्न सक्छ भन्ने लाग्न थाल्यो। यू१९ साफ पछि बंगबन्धु र साग अनि सोलिडारिटी जिताउँदा उसको प्रदर्शन राम्रो रह्यो। तर मैले भनेझैं सुधार गर्नुपर्ने ठाउँ धेरै छ।’

अनन्तले युरोपको क्लबबाट व्यवसायिक फुटबल खेलेको हेर्ने इच्छा दाजुको छ। ‘यू१९ सकिएलगत्तै अनन्त लगायत विमल र अन्जन युरोपका विभिन्न क्लबहरुमा प्रशिक्षण गरेर आएका छन्। समयसँगै उनीहरुको खेलको स्तर पनि बढ्दै गएको छ। तर यो सबैको नतिजा भने उनीहरुले युरोपको क्लबबाट खेलेपछि मात्र थाहा हुन्छ। अहिलेसम्म सायदै कसैले यो उमेरमा यस्तो सफलता हात पारेका छन्। उनीहरुको प्रदर्शन र माथि जाने क्षमता देख्दा मलाई त्यो समय चाडैं आउला जस्तो लाग्छ।’

दाजु फुर्वा खेल हेर्ने क्रममा

यता अनन्त भने आफुले दाजुको सपना साकार बनाउन पाउँदा निकै हर्षित भएको बताउँछन्। ‘मलाई एन्फामा प्रवेश पाएदेखिनै दाइले निरन्तर सुझाव दिइरहनुभएको छ। मैले मेरो दाईलाई मार्गदर्शकको रुपमा लिएको छु। वहाँले देखाएको बाटोमा हिंडेरै यहाँसम्म आइपुगेको छु। मैले अझै धेरै बाटो हिड्नु छ र वहाँको आशामा खरो उत्रिएर नेपाललाई अझै धेरै खुशी दिनुछ।’

फुटबलबाट हात निकालेका फुर्वा अहिले गृहनगर सताक्षीधाम,झापामै रहेर फुटबल र खेलाडीको हितमै काम गर्छन। समयानुकुल फुटबल प्रशिक्षण क्याम्प संचालन गर्ने फुर्वाले आफ्नै लगानीमा खेलाडीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै फिटनेस सेन्टर खोलेका छन्। त्यसबाहेक सताक्षीधाम स्पोर्टीङ क्लब स्थापना गरेर राष्ट्रिय स्तरको सताक्षीधाम गोल्ड कपको पनि आयोजना गरेका छन्। गत साल भएको पहिलो संस्करणको उपाधि नेपाल पुलिस क्लबले जितेको थियो। उक्त प्रतियोगितामा सबै राष्ट्रिय खेलाडीली आ-आफ्नो क्लबबाट खेलेका थिए भने आयोजक टोलीबाट राष्ट्रिय टोलीका सदस्य अनन्तसँगै विमल घर्ती मगर, अन्जन विष्ट, विक्रम लामा, विशाल श्रेष्ठ लगायतका खेलाडीहरुले सहभागिता जनाएका थिए।

फुटबल भनेपछि मरिहत्ते गर्ने फुर्वाले अहिलेसम्म नेपालमा आयोजना भएको खेलमा अनन्तको सहभागितालाई मैदानबाहिर बसेर हेर्नुपारेको छैन। भाईको खेल हेरेर उनले आफुले देखे-जानेको कुराहरु अनन्तलाई भन्ने गर्छन। उनको दाजुमात्र नभएर समर्थकनै रहेका भन्न रुचाउने उनले हातमा अनन्तको अर्धकदको ट्याटुनै खोपेका छन्। अनन्तलाई यहाँसम्म पुग्न सदैव सहयोग गरेका फुर्वा अहिले उनकै सपना पुरा गरिरहेका देख्दा निकै खुशी छन्।

राष्ट्रिय टोलीमा आफ्नो छुट्टै छाप बनाइसकेका अनन्तले आगामी दिनमा पनि नेपालको लागि प्रदर्शनमा सुधार त ल्याउँछन् नै। तर व्यक्तिगत करियरमा भने उनका दाजुले आशा गरे अनुसार युरोपको सपना कहाँ र कस्तो हुने हो, त्यो हेर्न बाँकी छ। जसरी अनन्तको अहिलेसम्मको फुटबल यात्रा तय भएको छ, यो ठुलो खुड्किलोलाई पनि अनन्तले त्यसैगरि पार गरुन् भन्ने आगामी दिनमा सबैको आशा हुनेछ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.