8 years ago
July 15, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – घरेलु टोली युएईसँग ५-०को फराकिलो अन्तरको हार व्यहोर्दै नेपालले एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरणमा निकै खराब सुरुवात गरेको छ। चर्को गर्मीमा खेलिएको खेलमा नेपालले पहिलो हाफमा ४ र दोश्रो हाफमा १ गोल खाएको थियो।
अहमद हुसेनले आठौं र २०औं गोल गर्दै घरेलु टोलीलाई अगाडी बढाएका थिए । खालिदको क्रसमा मोहम्मद अलकबेरीले २३ औं मिनेटमा हेड गोल गर्दै नेपाली टोलीमाथि दबाब थपे । ३३ औं मिनेटमा यूएइले पेनाल्टीमा अर्को गोल थपेको थियो । पेनाल्टी बक्समा दिनेश राजवंशीले ह्यान्ड गरेपछि युएईले पेनाल्टी पाएको थियो । खलिद अब्दुल रहिमले पेनाल्टीमा गोल गर्दै गोलअन्तरलाई बढाएका थिए । दोश्रो हाफको ६०औं मिनेटमा मोहमद रशिदले गोल गर्दै खेललाई ५-०को स्थितिमा पुर्याएका थिए।
खेलको भिडियो:
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]