default_image

7 years ago

July 16, 2017

नेपालको छनोट हुने सम्भावना कस्तो छ?

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिप अन्तर्गत नेपालले समूह ‘डि’को पहिलो खेलमा कमजोर सुरुवात गर्यो। शनिबारको खेलमा नेपाली टोलीले घरेलु टोलीसँग ५-०को फराकीलो पराजय भोगेको थियो। यस हारले नेपाली टोलीको अन्तिम चरणमा छनोट हुने सम्भावनालाई पनि लगभग अन्त्य गराएको छ। समूहकै अर्को खेलमा उज्वेकिस्तानले लेबनानलाई ३-१ले पराजित गरेपछि नेपाल सनूहको पुछारमा रहने निश्चित भएको […]

33 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिप अन्तर्गत नेपालले समूह ‘डि’को पहिलो खेलमा कमजोर सुरुवात गर्यो। शनिबारको खेलमा नेपाली टोलीले घरेलु टोलीसँग ५-०को फराकीलो पराजय भोगेको थियो। यस हारले नेपाली टोलीको अन्तिम चरणमा छनोट हुने सम्भावनालाई पनि लगभग अन्त्य गराएको छ।

बंगलादेश विरुद्धको सुरुवाती एघार

समूहकै अर्को खेलमा उज्वेकिस्तानले लेबनानलाई ३-१ले पराजित गरेपछि नेपाल सनूहको पुछारमा रहने निश्चित भएको हो। नेपाललाई पराजित गरेको युएई अंक तालिकाको शीर्ष स्थानमा रहेको छ भने उज्वेकिस्तान दोश्रो स्थानमा रहेको छ। लेबनान पनि नेपालझैं अंकविहिन छ र गोल अन्तरका आधारमा नेपालभन्दा माथि तेश्रो स्थानमा छ।

प्रतियोगिताको नियमावली अनुसार समूह चरणका शीर्ष टोली र ५ उत्कृष्ट उपविजेता टोली अन्तिम चरणका लागि छनोट हुन्छन्। यदि अन्तिम चरणको आयोजक चिन स्वत: छनोट भएमा छैटौं उत्कृष्ट टोली पनि अगाडी बढ्नेछ। प्रतियोगितामा सहभागी ४० देशलाई १० समूहमा विभाजन गरिएको छ।

नेपालले अब छनोटको सम्भावना कायम राख्न बाँकी दुई खेलमा ठुलो अन्तरको जित दर्ता गर्नुपर्ने हुन्छ। ५-०को हारसँगै नेपालको अंक र गोलअन्तर दुवैमा ठुलो सुधार आवश्यक रहेको छ। नेपाललो समूह चरणको अन्य खेलमा सोमबार उज्वेकिस्तान र बुधबार लेबनानको सामना गर्दैछ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.