default_image

7 years ago

July 16, 2017

‘युएईको गर्मीले खेल्न गाह्रो’ – प्रशिक्षक शाक्य

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत नेपाल पहिलो खेलमा आयोजक युएईसंग ५-०ले पराजित भयो। खेलमा पराजय भोगेपछि टोलिका प्रशिक्षक राजु काजी शाक्यले भने गर्मीका कारण खेल्न गाह्रो भएको अभिव्यक्ति दिएका छन्। खेलपछि पत्रकारसँग बोल्दै प्रशिक्षक शाक्यले पहिलो खेल भएकाले नेपालको खेल खासै नराम्रो नभएको बताए। ‘पहिलो खेल भएकाले खेलाडीहरुले धेरै नराम्रो […]

23 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत नेपाल पहिलो खेलमा आयोजक युएईसंग ५-०ले पराजित भयो। खेलमा पराजय भोगेपछि टोलिका प्रशिक्षक राजु काजी शाक्यले भने गर्मीका कारण खेल्न गाह्रो भएको अभिव्यक्ति दिएका छन्।

खेलपछि पत्रकारसँग बोल्दै प्रशिक्षक शाक्यले पहिलो खेल भएकाले नेपालको खेल खासै नराम्रो नभएको बताए ‘पहिलो खेल भएकाले खेलाडीहरुले धेरै नराम्रो खेले भन्न मिल्दैन युएई निकै राम्रो टोली हो र यस्तो टोलीको विरुद्धमा हामीले २ गल्ति गरेर पेनाल्टी दियौं हाम्रो खेलाडीहरुले युएईलाई बुझ्न सकेनन

‘घरेलु टोली भएकाले उनीहरुलाई गर्मीको पनि बानी पारेको छ हामी नेपालमा वर्षातको मौसममा खेलिरहने बानि भएकाले गर्मीमा खेल्न गाह्रो भएको हो। युएई शारीरिक रुपमा एकदम बलियो छ र हाम्रो टोलीले उनीहरुलाई रोक्न सकेन।’

पहिलो खेलमा फराकिलो हार व्येहोरेको नेपालको अझैपनि छनोट हुने झिनो सम्भावना कायम छ। टोलीले सोमबार उज्वेकिस्तान र बुधबार लेबनानको सामना गर्नेछ।

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

April 17, 2024

सानेपाको जित, समाज कल्याण र खालिबारीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा सानेपा क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा सानेपा क्लबले स्वयम्भू क्लब माथि २-१ को जित निकालेको हो । सानेपाको लागि पेम्बा दोर्जे र निरञ्जन जंग शाहीले १-१ गोल गरे । पराजित स्वयम्भूका लागि सुग्रीत मगरले एक गोल […]

Success

Thank you for your time.