default_image

7 years ago

July 17, 2017

बेनीमा बौद्ध कप फुटबल हुने

अर्जुन कार्की बागलुङ – म्याग्दीको सदरमुकाम बेनी बजारमा असोजमा तेस्रो बौद्ध कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । बेनी नगरपालिका वडा नम्बर–७ मंगलाघाटको बौद्ध युवा क्लबले असोज १ गते देखी ५ गतेसम्म बेनीको खुल्ला मञ्चको मैदानमा प्रतियोगिता आयोजना गर्न लागेको हो । क्लबले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको विजेता टोलीले उपाधिसहित १ लाख २५ […]

18 views

0 Bookmark

अर्जुन कार्की
बागलुङ – म्याग्दीको सदरमुकाम बेनी बजारमा असोजमा तेस्रो बौद्ध कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । बेनी नगरपालिका वडा नम्बर–७ मंगलाघाटको बौद्ध युवा क्लबले असोज १ गते देखी ५ गतेसम्म बेनीको खुल्ला मञ्चको मैदानमा प्रतियोगिता आयोजना गर्न लागेको हो ।

क्लबले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको विजेता टोलीले उपाधिसहित १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने जानकारी दियो । दोस्रो हुने टोलीले ७० हजार तथा सेमिफाइनल सम्म पुग्ने टोलीले १५ हजार रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताको अनुशासित टोलीले १० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, स्ट्राइकर, मिडफिल्डर र रक्षक जनही ६ हजार रुपैयाँ पाउनेछन् ।

क्लबका अध्यक्ष विजय किसानले क्लब सामाजिकसँग खेलकुद विकासमा पनि सक्रिय रहेको बताए । क्लबका सल्लाहकार सुवास कुमार श्रेष्ठले स्थानियस्तरमा हुने प्रयोगिताले खेलाडीको पहिचान र अवसरको वातावरण बनाउन सहयोग पुग्ने बताए ।

क्लबका उपाध्यक्ष कृष्ण श्रेष्ठले प्रतियोगितामा झन्डै २६ लाख रुपैयाँ खर्च हुने बताए । २०६४ सालमा जिरन रानाको अध्यक्षतामा स्थापना भएको क्लवले मंगलाघाट सहित आसपासका क्षेत्रमा स्थानीयबासी संग सहकार्य गरेर सामाजिक काम पनि गर्दै आएको छ ।

April 16, 2024

चेल्सीको‌ जितमा पाल्मेरको ४ गोल

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार सानदार जित निकालेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले एभर्टनलाई ६-० ले हराएको हो । चेल्सीका कोले पाल्मेरले ४ तथा निकोलस ज्याक्सन र अल्फी गिलक्रिस्टले समान १ गोल गरेका थिए। १३ औं मिनेटमा पहिलो गोल गरेका पाल्मेरले २९ औंमा ह्याट्रिक पूरा गरेका थिए। उनले दोस्रो गोल […]

April 16, 2024

पुलिस जीतपुरसिमरा गोल्डकप च्याम्पियन

सुनिल गाउँले, सिमरा नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले वर्षको पहिलो उपाधि जितेको छ । निर्धारित ९० मिनेट र थप समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले बाजी मारेको थियो । परिवर्तित गोलकिपर […]

April 15, 2024

लिभरपुलपछि आर्सनल पनि पराजित

एजेन्सी – लिभरपुलको हारपछि इंग्लिस प्रिमियर लिग शीर्षस्थानमा उक्लने मौकालाई आर्सनलले गुमाएको छ । आर्सनल आइतबार एस्टन भिल्लासँग २–० ले पराजित भएको छ । उपाधि होडमा रहेका दुई टोली लिभरपुल र आर्सनल पराजित भएपछि त्यसको फाइदा म्यानचेस्टर सिटीलाई पुगेको छ । खेलको अन्त्यतिर एस्टन भिल्लाले २ गोल गर्दै आर्सनलमाथि सानदार जित निकालेको हो । लियोन […]

Success

Thank you for your time.