काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गतको तेस्रो तथा अन्तिम खेलमा नेपालले लेबनालको सामाना गर्दै छ। संयुक्त अरब ईमिरेट्सको अल इन स्थित ताह्नोन बिन मोहम्मद रंगशालामा हुने खेल नेपाली समय अनुसार रातिको ११ बजे सुरु हुनेछ। यसअघि दुवै खेल नेपाली समयानुसार ८ : १० मा खेलेको नेपाली टोलीले तेस्रो खेल भने भिन्न समयमा खेल्दैछ।
संयुक्त अरब ईमिरेट्सको दुबई स्पोर्ट्स टिभीले खेल प्रत्यक्ष प्रसारण गरेपनि नेपालमा उक्त च्यानलको प्रसारण नहुने हुनाले नेपालमा रहेका समर्थकहरुले खेल अनलाइन मार्फत हेर्नु पर्ने हुनेछ ।
विभिन्न अनलाइन स्ट्रिमिङ मार्फत खेल हेर्न सकिने भएपनि हाम्रो खेलकुदको नियमित पाठकहरुको सहजताको लागि खेल समयमा दुबई स्पोर्ट्स टेलिभिजनको प्रसारण हाम्रो खेलकुदको फेसबुक पेज मार्फत पनि प्रत्यक्ष प्रसारण हुनेछ । समर्थकहरुले फेसबुकमा हाम्रो खेलकुद डट कमको पेज लाइक गरेर खेल हेर्न सक्नुहुनेछ ।
पहिलो खेलमा युएईसँग ५-० ले हारेको नेपाली टोली दोस्रो खेलमा उज्बेकिस्तानसँग २-० ले पराजित भएको थियो । त्यस्तै लेबनानले पनि दुवै खेलमा पराजयको सामना गरेको थियो । पहिलो खेलमा उज्बेकिस्तानसँग ३-१ ले पराजित लेबनान दोस्रो खेलमा घरेलु टोलीसँग अन्तिम समयमा १-० ले पछि परेको थियो ।
एएफसी यु २३ च्याम्पियनसिप छनोटअन्तर्गत नेपालको युएई र उज्वेकिस्तानसँगको खेल लाइभ दिएपनि आज लेबनानसँगको खेल दुवई लाइभ स्पोर्टसले नदिएकाले हामीले पनि उक्त सेवा दिन नसकेकोमा हाम्रो खेलकुद डटकम क्षमा चाहन्छ ।