default_image

7 years ago

July 19, 2017

युएईलाई हराउदै उज्वेकिस्तान छनोट

काठमाडौँ (हाम्रो खेलकुद) – घरेलु टोली संयुक्त अरब ईमिरेट्सलाई (युएई) २-० ले हराउदै समुह बिजेताको रुपमा उज्वेकिस्तानले २०१८ मा चिनमा हुने एएफसी यु-२३ च्याम्पियनसिपमा स्थान पक्का गरेको छ । नेपाल, लेबनान र आयोजक युएई सम्मिलित समुह ‘डी’ मा सबै खेल जित्दै उज्वेकित्सान समुह बिजेता बनेको हो । उज्वेकिस्तानलाई इस्लोम्ब्जोन कोबिलोभले ६७ मिनेटमा कर्नर मार्फत गोल गर्दै […]

16 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – घरेलु टोली संयुक्त अरब ईमिरेट्सलाई (युएई) २-० ले हराउदै समुह बिजेताको रुपमा उज्वेकिस्तानले २०१८ मा चिनमा हुने एएफसी यु-२३ च्याम्पियनसिपमा स्थान पक्का गरेको छ । नेपाल, लेबनान र आयोजक युएई सम्मिलित समुह ‘डी’ मा सबै खेल जित्दै उज्वेकित्सान समुह बिजेता बनेको हो ।

Uzbek

उज्वेकिस्तानलाई इस्लोम्ब्जोन कोबिलोभले ६७ मिनेटमा कर्नर मार्फत गोल गर्दै अग्रता दिलाएका थिए । याक्षीबोहेभको कर्नरमा हेड गर्दै कोबिलोभले गोल गरेका थिए । त्यस्तै ९० मिनेटमा सिडीकोभले उत्कृष्ट गोल गर्दै उज्वेकिस्तानको जीत सुनिश्चित गरेका थिए ।

प्रतियोगितामा लेबनानसँग ३-१ को बिजयी सुरुवात गरेको उज्वेकिस्तानले नेपाललाई २-० ले हराएको थियो । त्यस्तै पहिलो खेलमा नेपाललाई ५-० ले हराएको घरेलु टोली युएईले दोस्रो खेलमा लेबनानलाई १-० ले पराजित गरेको थियो ।

२०१८ मा हुने एएफसी यु-२३ च्याम्पियनसिपमा १६ टोलीले भाग लिनेछन् । ४० टोलीलाई १० समूहमा विभाजन गरिएको छनोट चरणमा हरेक समुहको बिजेता टोली स्वत: छनोट हुनेछ भने ५ उत्कृष्ट उपविजेता पनि अन्तिम चरणका लागि छनोट हुन्छन् । यदि आयोजक चिन छनोट चरणबाट स्वत: छनोट भएमा छैटौं उत्कृष्ट टोली पनि अगाडी बढ्नेछ । उत्कृष्ट उपविजेताको रुपमा छनोट हुने सम्भावना भएपनि युएईले अन्य समूहको नतिजा कुर्नु पर्ने हुन्छ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.