default_image

7 years ago

July 21, 2017

युवा खेलाडी फर्के लगत्तै राष्ट्रिय टोलीको प्रशिक्षणमा सामेल

काठमाडौं (हाम्रो खेलकुद)– एफसी यू २३ च्याम्पियनसिपको छनोट चरण खेलेर स्वदेश फर्केको भोली पल्ट शुक्रबार नै राष्ट्रिय टोलीमा रहेका युवा खेलाडी प्रशिक्षणमा फर्केका छन् । अर्को महिना ताजकिस्तानविरुद्ध हुने एएफसी एसियन कप अन्तर्गतको खेलका लागि नेपाली टोलीको तयारी अघिल्ला साताबाटै सुरु भइसकेको छ । यू २३ मा १० खेलाडी राष्ट्रिय टोलीका सदस्य हुन् । १० […]

22 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– एफसी यू २३ च्याम्पियनसिपको छनोट चरण खेलेर स्वदेश फर्केको भोली पल्ट शुक्रबार नै राष्ट्रिय टोलीमा रहेका युवा खेलाडी प्रशिक्षणमा फर्केका छन् । अर्को महिना ताजकिस्तानविरुद्ध हुने एएफसी एसियन कप अन्तर्गतको खेलका लागि नेपाली टोलीको तयारी अघिल्ला साताबाटै सुरु भइसकेको छ । यू २३ मा १० खेलाडी राष्ट्रिय टोलीका सदस्य हुन् । १० मध्ये आधा जतिले शुक्रबारको प्रशिक्षणमा भाग लिएका थिए ।

Nepal Football TTraining

यमनविरुद्धको खेलमा रहेका २३ बाहेक अन्य ९ खेलाडीलाई यसपटक राष्ट्रिय टोलीको प्रशिक्षमा डाकिएको टोलीका व्यवस्थापक विराटजंग शाहीले जानकारी दिए । फिलिपिन्ससँगको खेलमा रातो कार्ड पाएर यमनसँगको खेल गुमाएका विक्रम लामा पनि प्रशिक्षणमा डाकिएका छन् ।

यमनसँगको टोलीमा रहेका बाहेक प्रशिक्षणमा बोलाइएमा विक्रमसहित रेजिन धिमाल, गोलकिपर विशाल श्रेष्ठ, मानबहादुर तामाङ, विमल बस्नेत, विश्व अधिकारी, राजेन्द्र रावल, रञ्जन विष्ट र पहिलो पटक जर्जप्रिन्स कार्की छन् । राष्ट्रिय टोलीका आदित्य चौधरी भने यमनसँगको खेलका दौरान घाइते भएका थिए ।

नेपालले ताजकिस्तानसँग भदौ २० गते घरेलु मैदानमा खेल्नेछ । अघिल्ला दुई मध्ये एक खेल बराबरी र अर्कोमा हार बेहोरेको नेपाल समूह एफको तेस्रो स्थानमा छ । नेपालको १ अंक छ । ६ अंकसहित फिलिपिन्स शीर्षस्थानमा, ४ अंकसहति यमन दोस्रो स्थानमा छ । ताजकिस्तान अंकबिहिन छ । फिलिपिन्ससँग उसकै मैदानमा ४–१ को हार बेहोरेको नेपालले घरेलु मैदानमा यमनसँग ०-० को बराबरी खेलेको थियो ।

यमन विरुद्ध  टोलीमा परेका खेलाडिहरु :

गोलरक्षक– १.किरण कुमार लिम्बु २. बिकेश कुथु ३.एलन न्यौपाने

डिफेन्डर – ४. बिराज महर्जन ५. अनन्त तामाङ ६. आदित्य चौधरी ७. कमल श्रेष्ठ ८. देबेन्द्र तामाङ ९. जितेन्द्र कार्की १०. दिनेश राजबंशी ११. मान बहादुर तामाङ

मिडफिल्डर – १२. बिशाल राई १३. हेमन गुरुङ १४. अञ्जन बिष्ट १५. सुजल श्रेष्ठ १६. राजेन्द्र रावल १७. हेमन्त थापा मगर १८. रोहित चन्द १९. सुनिल बल

फरर्वाड – २०. भरत खवास २१. नवयुग श्रेष्ठ २२. बिमल घर्ति मगर २३. अनिल गुरुङ

प्रशिक्षण थप बोलाइएका – १.विक्रम लामा २.रेजिन धिमाल ३.गोलकिपर विशाल श्रेष्ठ ४. मानबहादुर तामाङ ५.विमल बस्नेत ६.विश्व अधिकारी ७.राजेन्द्र रावल ८.रञ्जन विष्ट ९.जर्जप्रिन्स कार्की

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.