default_image

7 years ago

July 22, 2017

नेपाली फुटबल टोली जापान भ्रमणमा जाने

काठमाडौं (हाम्रो खेलकुद)– एएफसी एसियन कप छनोट चरणको तेस्रो खेलका लागि भने नेपाली राष्ट्रिय टोलीले केही दिन वैदेशिक प्रशिक्षणमा बिताउने भएको छ। अर्को महिना घरेलु मैदानमा ताजकिस्तानको सामना गर्नुअघि नेपाली टोलीले झन्डै दस दिन जापानमा प्रशिक्षण र केही मैत्रीपूर्ण खेल खेल्ने बताइएको छ। ‘तयारी र केही मैत्रीपूर्ण खेलका लागि जापान जान लागेका हौं’ नेपाली टोलीका […]

162 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– एएफसी एसियन कप छनोट चरणको तेस्रो खेलका लागि भने नेपाली राष्ट्रिय टोलीले केही दिन वैदेशिक प्रशिक्षणमा बिताउने भएको छ। अर्को महिना घरेलु मैदानमा ताजकिस्तानको सामना गर्नुअघि नेपाली टोलीले झन्डै दस दिन जापानमा प्रशिक्षण र केही मैत्रीपूर्ण खेल खेल्ने बताइएको छ।

‘तयारी र केही मैत्रीपूर्ण खेलका लागि जापान जान लागेका हौं’ नेपाली टोलीका व्यवस्थापक विराटजंग शाहीले हाम्रो खेलकुद डटकमलाई भने, ‘साउनको २५ मा गएर १० दिनपछि स्वदेश फर्कने योजनामा छौं ।’ नेपाली टोलीका प्रशिक्षक जापानी प्रशिक्षक ग्यातुको कोजी छन् । भदौ २० गते नेपाल र ताजकिस्तानबीच एसियन कप छनोटको खेल हुनेछ । समूह‘एफ’ मा नेपाल १ अंकसहित तेस्रो र अंक विहिन ताजकिस्तान अन्तिममा छ ।

ताजकिस्तानसँगको खेलका लागि नेपाली टोलीको तयारी गत साताबाटै सुरु भइसकेको छ । प्रशिक्षणमा यसअघि यमनसँगको टोलीमा रहेका २३ र अन्य ९ जनालाई प्रशिक्षणमा डाकिएको छ । एफसी यू २३ च्याम्पियनसिपको छनोट चरण खेलेर स्वदेश फर्केपछि उक्त टोलीमा रहेका राष्ट्रि टोलीका सदस्य प्रशिक्षणमा सामेल भएका छन् । यू २३ मा १० खेलाडी राष्ट्रिय टोलीका सदस्य हुन् । १० मध्ये आधा जतिले शुक्रबारको प्रशिक्षणमा भाग लिएका थिए ।

फिलिपिन्ससँगको खेलमा रातो कार्ड पाएर यमनसँगको खेल गुमाएका विक्रम लामा पनि प्रशिक्षणमा डाकिएको छ । यमनसँगको टोलीमा रहेका बाहेक प्रशिक्षणमा बोलाइएमा विक्रमसहित रेजिन धिमाल, गोलकिपर विशाल श्रेष्ठ, मानबहादुर तामाङ, विमल बस्नेत, विश्व अधिकारी, राजेन्द्र रावल, रञ्जन विष्ट र पहिलो पटक जर्जप्रिन्स कार्की छन् । राष्ट्रिय टोलीका आदित्य चौधरी भने यमनसँगको खेलका दौरान घाइते भएका थिए ।

चैत १५ गते फिलिपिन्सविरुद्धको खेलका लागि भने नेपालले कुनै मैत्रीपूर्ण खेल खेलको थिएन । यमनसँग जेठ २७ गते खेल्नु एकसाता अघि भने नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलेको थियो । अघिल्ला दुई मध्ये एक खेल बराबरी र अर्कोमा हार बेहोरेको नेपाल समूह एफको तेस्रो स्थानमा छ ।

नेपालको १ अंक छ । ६ अंकसहित फिलिपिन्स शीर्षस्थानमा, ४ अंकसहति यमन दोस्रो स्थानमा छ । ताजकिस्तान अंक बिहिन छ । फिलिपिन्ससँग उसकै मैदानमा ४–१ को हार बेहोरेको नेपालले घरेलु मैदानमा यमनसँग ०-०  को बराबरी खेलेको थियो ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.