default_image

7 years ago

July 24, 2017

‘इस्पान्योलसँग खेलेर हाम्रो स्तर बुझें’ – रोहित

सुबास हुमागाईं नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्दले गत साता स्पेनिस ला लिगाको इस्पान्योल विरुद्ध मैत्रीपूर्ण खेलमा मौका पाए । अन्तिम १२ मिनेटमा खेल्ने अवसर पाएका रोहितका लागि त्यो छोटो समय नै एसिया र युरोपका क्लबसँगै नेपालको स्तरका बारेमा तुलना गर्न काफी रह्यो । प्रि सिजन टुरमा एसिया आइपुगेको इस्पान्योलले  रोहित आबद्ध इन्डोनेसियाली लिग […]

24 views

0 Bookmark

सुबास हुमागाईं

नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्दले गत साता स्पेनिस ला लिगाको इस्पान्योल विरुद्ध मैत्रीपूर्ण खेलमा मौका पाए । अन्तिम १२ मिनेटमा खेल्ने अवसर पाएका रोहितका लागि त्यो छोटो समय नै एसिया र युरोपका क्लबसँगै नेपालको स्तरका बारेमा तुलना गर्न काफी रह्यो ।

प्रि सिजन टुरमा एसिया आइपुगेको इस्पान्योलले  रोहित आबद्ध इन्डोनेसियाली लिग वन क्लब पर्सिजा जकार्तासँग खेलेको थियो । रोहित यसै सिजनमात्र पर्सिजामा पुगेका हुन् । त्यसअघि घुँडाको शल्यक्रिया पछि उनलाई चोटमुक्त हुन झन्डै वर्ष दिन कुर्नु परेको थियो । घरेलु फुटबलको मोफसलमा भएको नकआउट प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्लबबाट खेल्दै पुनरागमन गरेका रोहितले विदेशी लिगमा खेल्न भने धेरै समय कुर्न परेन । यसअघि सन् २०१३ देखि २०१५ सम्म उनी पर्सिजाकै टोलीको सदस्य थिए । त्यति बेला उनले ४६ खेल खेल्दै ६ गोल पनि गरेका थिए । त्यसपछि अर्को सिजन उनी मलेसियाको टि-टिम एफसीसँग आबद्ध भए । तर त्यहाँ केही सातामै उनी चोटका कारण मैदान बाहिर भए ।

इस्पान्योलविरुद्ध मैदान प्रवेश गर्दै रोहित

इस्पान्योलसँग पर्सिजाको खेल तय भएपनि प्रशिक्षक स्तेफानो कुगुर्राले खेलको दिन रोहित लगायत पहिलो रोजाईका अधिकांश खेलाडीलाई पहिलो रोजाइमा उतारेनन् । मैत्रीपूर्ण खेलको केहि दिनमै टोलीको डर्बीमा पर्सिब बान्डुङसँग लिगको महत्वपूर्ण खेल परेकाले प्रशिक्षकले महत्वपूर्ण खेलाडीलाई आराम दिन ठिक सम्झिए ।

बेन्चमै बसेर टोलीले एकपछि अर्को गोल खानु परेपनि इस्पान्योलसँग खेल्ने रोहितको उत्साहमा भने कमी थिएन । ‘प्रशिक्षकले रिजर्भ खेलाडीलाई मौका दिए । हामी बेन्चमै बसेपनि कति बेला पालो आउला भनेर कुरेर बस्यौं । टोलीले लगातार गोल खाएपनि एकपटक मैदान छिर्न पाए हुने भन्ने थियो,’ रोहितले इस्पान्योलसँगको खेल स्मरण गर्दै भने, ‘खेल अन्त्य तिर पुग्दा मैले प्रशिक्षकलाई मैदान प्रवेश गराउन आग्रह गरे । त्यहि बेला हामीले आधा दर्जन गोल खाइसकेका थियौं । मलाई प्रशिक्षकले मौका दिए । ’ रोहित मैदान प्रवेश गर्दा ७-०ले पछि परेको टोलीले त्यसपछि भने गोल खाएन।

मैदान प्रवेश गरेपछि भने स्पनेसि क्लबको शैली देखेर उनी अचम्ममा परे । ‘बाहिरबाट हेर्दा जति सरल रुपमा उनीहरुको प्रदर्शन लागेको । भित्र पुगेपछि मैले अर्कै अनुभव गरे,’ रोमाञ्चक हुँदै रोहितले हाम्रो खेलकुद डट कमसँग अनुभव सुनाए, ‘ सरल टच, मुभमेन्ट देखि बल हुँदाको शारीरिक स्थिरता हेर्दा उनीहरु अर्कै दर्जाको खेलाडी भन्ने प्रष्ट छुट्टीन्थ्यो । ’

खेलका बारेमा उनेले अगाडि भने, ‘मैले १२ मिनेट मात्र खेल्न पाए । तर त्यो समय एकदम आनन्द मानेर खेलें । सुरुमा केहि नर्भस भएपनि खेल्दै निकै राम्रो खेल्न सकें जस्तो लाग्छ । सुरुवातदेखि खेल्न नपाएपनि त्यो खेल मेरा लागि स्मरणीय रह्यो । स्पेनको शीर्ष डिभिजनको टोलीविरुद्ध खेल्न पाउँदा खुसीको सिमा छैन । ’

इस्पान्योलसँग खेलेको अनुभवले थप राम्रो गर्न उर्जा मिलेको रोहित बताउँछन् । ‘’ इस्पान्योलको स्तर हामीलाई थाहा छ । त्यस्तो टोलीसँग खेल्न अवसर पाउँदा गर्व लागेको छ,’ उनले सुनाए, ‘त्यस्तो टोलीसँग खेल्न पाउला भन्ने सोचेको त थिए । त्यो खेलको अनुभवले आफुमा अझै सुधार गर्ने ठाउँ रहेको र राम्रो गर्न हौसिएको छु ।’

इस्पान्योल र रोहितले खेल्ने क्लब र आफना् राष्ट्रिय टोलीबीचमा रोहितले निकै ठुलो भिन्नता रहेको अनुभव सुनाए । ‘ त्यो टोली खेलाडीको अनुशासन देखेर चकित परें । अनि क्लबमा रहेको सानो सानो कमजोरीमा पनि निकै ध्यान दिइने र त्यसलाई सुधार गरिहाल्ने चलन हुने रहेछ,’ उनले भने, प्रशिक्षकको निर्देशन अनुसारनै खेलाडीहरुले खेल्ने रहेछन् । जुन हाम्रो टोलीमा त्यस्तो चिजको कमी छ । खेलाडीको स्तर देखि क्लबको व्यवस्थापनसम्म सबैमा उनीहरु निकै अगाडि छन् । व्यवसायिक क्लबको नजिक पुग्ने हो भनेपनि सानो उमेर देखिनै त्यसअनुसारको प्रणलीको विकास गर्नुपर्ने देखें। खेलाडीलाई मानसिक रुपमा पनि तयार राख्न सिक्नुपर्ने हुन्छ । विशेषत उनीहरुको पास खेल्ने र सिफ्टिङ गर्ने तरिकाले एकदम प्रभावित भए । ’
इन्डोनेसियामा युवा खेलाडीलाई अहिले प्राथमिकतामा राखेको उनले देखेका छन् । उनले भने, ‘तर अझै पनि उनीहरुको तुलनमा इन्डोनेसियाको फुटबल पछाडि छ । नेपालको अवस्था त इन्डोनेसियाको भन्दा पनि निकै कमजोर छ ।’

मछिन्द्र क्लबका लागि १७ वर्षको उमेरमा डिफेन्डरका रुपमा व्यवसयिक खेल जीवन सुरु गरेका रोहित अहिले पर्सिजामा आक्रमक मिडफिल्डको भूमिका निर्वाह गरिरहेका छन् । मिडफिल्डमा खेल्दा सहज लाग्ने र त्यो पोजिसनमा खुलेर खेल्न सक्ने भएकाले त्यहि जमेको रोहितको बुझाई छ । ‘ करियरको सुरुवातमा डिफेन्डरबाट गरे । त्यसपछि धेरै पोजिसनमा खेलिसके । तर मलाई मिडफिल्डमा खेल्दा बढी सहज लाग्छ,’ उनले भने, ‘सुरुमा त पोजिसन परिवर्तन गर्दा गाह्रो होला जस्तो लागेको थियो । तर कडा परिश्रमसँगै आफ्नो खेलमा ध्यान दिए । जसका कारण मिडफिल्डमा जम्न सकें । व्यक्तिगत प्रदर्शन भन्दा पनि टोलीलाई कुन रुपमा राम्रो सहयोग गर्न सक्छु त्यो मुख्य कुरा होे । मिडफिल्डबाट खेल्दा टोलीलाई अझ फाइदा पुग्ने देखेरै प्रशिक्षकले पनि मलाई विश्वास गरेका हुन् । हरेक खेलमा टोलीलाई सहयोग गर्ने मेरो लक्ष्य हुन्छ । ’

रोहितले आफ्नो प्रदर्शनमा सुधारका लागि अझै ठाउँ रहेको बुझेका छन् । ‘’खेलाडीको जीवनमा सिक्ने क्रम कहिल्यै सकिदैन । मैले युरोपमा खेल्ने भन्दापनि एसियामै रहेर एएफसी च्याम्पियन्स लिग खेल्ने टोलीसम्म पुग्न पाए त्यहाँबाट युरोपको ढोहज हुने बुझेको छु, ’ उनले योजना सुनाए, ‘एसियामै राम्रो लिग संरचना भएको देशमा खेलेपछि मात्र आफुलाई युरोपमा गएर प्रमाणित गर्न सक्छु होला । त्यसका लागि मैले हरेक दिन मेहेनत गरेको छु र आशा छ कुनै दिन लक्ष्य प्राप्त गर्नेछु ।’

रोहितले घरेलु लिग नहुदा त्यसको मार खेलाडी परेको, राष्ट्रिय टोलीमा युवा खेलाडीको बाहुल्यता भएपनि खेलाडीको भविष्य सुनिश्चित नभएकामा रोहितले चिन्ता गरे । ‘ हाम्रो खेलको राष्ट्रिय टोलीमा रहेका अधिकांश खेलाडी युवा छन् । तर उनीहरुले निकै कम घरेलु फुटबल खेल्ने मौका पाएका छन्,’ उनको चिन्ता छ, ‘ यसले गर्दा टोलीको भविष्य के होल भन्न कठिन छ । घरेलु लिग बलियो हुँदा मात्र राष्ट्रिय टोली बलियो हुने हो । त्यसका लागि टाढा जानु पर्दै छिमेकि राष्ट्र भारतको लिग हेरे पुग्छ । ’

केही बर्षअघि सम्म समान स्तर देखिएपनि अहिले नेपाल र भारतीय फुटबल टोलीमा अन्तर दे्खिएको रोहितको अनुभव छ । ‘भारतीय फुटबलको संरचना बलियो पार्दै लगियो । अहिले उनीको खेलाडी स्तरको बढेकै छ । त्यसले फिफा वरियतामा पनि निकै सुधार भइरहेको छ । खेलाडीले घरेलु प्रतियोगितामा सहभागिता सँगै सुविधा पनि राम्रै पाएका छन्, उनले सुझाए, ‘ भारतको तुलनामा आधा मात्र ध्यान दिए पनि हामी निकै माथि पुग्न सक्छौं । ’ रोहितले १८ वर्ष हुँदा भारतको आइ लिगमा हिन्दुस्तान एरोनोटिक्स लिमिटेड (एचएएल)बाट खेलेका पनि थिए।

एन्फाले फुटबललाई व्यवसायिक बनाउने कदम चाल्न आवश्यक भइसकेकोमा रोहित जोड दिन्छन् । उनको सुझाव छ ‘एन्फालाई आर्थिक रुपमा सबै काम गर्न कठिन हुन सक्छ । यो युगमा प्रायोजक खोज्ने र व्यवसयिक रुपमा काम गर्न पनि जरुरी छ । घरेलु संरचनालाई बलियो बनाउँदै लाने हो भने खेलाडीसँगै समग्र फुटबलको विकास सम्भव छ । अहिलेकै अवस्थाबाट धेरै आशा गर्ने ठाँउ छैन । ’

इन्डोनेसियाको अनुभव र अहिले एसियन कप छनोट टोलीको गरिरहेको प्रदर्शनका आधारमा रोहितले अर्को वर्ष आयोजना हुने साफ च्याम्पियनसिपमा सुखद नतिजाको अपेक्षा राखेका छन् ।

‘इन्डोनेसियामा खेल्दा धेरै सिकेको छु । स्तरीय खेलाडी बन्ने लक्ष्यमा यहाँको लिगले मलाई सहयोग गरेको छ । १ बर्ष विश्रामपछि अहिले म पुरा फिट भएको छु, ’ उनले भने, ‘ अहिले जस्तो सुकै टोलीविरुद्ध खेल्ने आत्मविश्वास बढेको छ । अहिले एसियन कपको छनोटमा खेलिरहेका छौँ । त्यसमा जति सक्दो राम्रो गर्ने प्रयास गर्नुपर्दछ, गरेका छौं भन्ने लाग्छ । अबको हाम्रो ध्यान भनेको अर्को बर्ष हुने साफ च्याम्पियनसिप हो ।’

एसियन कप छनोटका दुई खेलमा नेपालले एक अंक जोड्न सफल हुनुमा रोहितको भूमिका त्यत्तिकै महत्वपूर्ण छ । अर्को महिना नेपाली टोलीले घरेलु मैदानमा ताजकिस्तानलाई डाक्दैछ । भदौ २० गते हुने खेललाई लिएर रोहित पनि अन्य खेलाडी जस्तै उत्साहित छन् ।

default_image

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

Success

Thank you for your time.