default_image

7 years ago

July 23, 2017

किरण र रोहित राष्ट्रिय टोलीसँग जापान नजाने

काठमाडौँ (हाम्रो खेलकुद) –  एएफसी एसियन कप छनोट चरणको तेस्रो खेलका लागि तयारीका लागि जापान जाने राष्ट्रिय टोलीमा मिडफिल्डर रोहित चन्द र गोलरक्षक किरण चेमजोङ नहुने भएका छन्। अर्को महिना घरेलु मैदानमा ताजकिस्तानको सामना गर्नुअघि नेपाली टोलीले झन्डै दस दिन जापानमा प्रशिक्षण र केही मैत्रीपूर्ण खेल खेल्ने बताइएको छ। ‘तयारी र केही मैत्रीपूर्ण खेलका लागि […]

28 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) –  एएफसी एसियन कप छनोट चरणको तेस्रो खेलका लागि तयारीका लागि जापान जाने राष्ट्रिय टोलीमा मिडफिल्डर रोहित चन्द र गोलरक्षक किरण चेमजोङ नहुने भएका छन्। अर्को महिना घरेलु मैदानमा ताजकिस्तानको सामना गर्नुअघि नेपाली टोलीले झन्डै दस दिन जापानमा प्रशिक्षण र केही मैत्रीपूर्ण खेल खेल्ने बताइएको छ।

‘तयारी र केही मैत्रीपूर्ण खेलका लागि जापान जान लागेका हौं’ नेपाली टोलीका व्यवस्थापक विराटजंग शाहीले हाम्रो खेलकुद डटकमलाई भने, ‘साउनको २५ मा गएर १० दिनपछि स्वदेश फर्कने योजनामा छौं ।’ नेपाली टोलीका मुख्य प्रशिक्षक जापानी प्रशिक्षक ग्यातुको कोजी र प्रशिक्षकमा राजु काजी शाक्य रहेका छन् । भदौ २० गते हुने नेपाल र ताजकिस्तानबीच एसियन कप छनोटको खेलका तयारीका लागि जापान जाने टोलीमा टोली दुई महत्त्वपूर्ण खेलाडी भने उपस्थित हुने छैनन्।

इन्डोनेसियाको पर्सिजा जकार्ताबाट व्यवसायिक फुटबल खेल्दै आइरहेका रोहित चन्द र माल्दिभ्सको टिसी स्पोर्ट्समा रहेका गोलरक्षक किरण चेमजोङ जापान जाने टोलीमा रहने छैनन्। दुवै खेलाडी उक्त समय आफ्नो क्लबको खेलमा व्यस्त रहने र क्लबले राष्ट्रिय टोलीको प्रशिक्षणका लागि खेल हुने केहि दिनअघि मात्र छाड्ने भएकाले उनीहरु टोलीमा रहेका छैनन्। पछिल्लो खेलमा पनि दुवै खेलाडी खेलको केहि अघिमात्र टोलीसँग मिसिएका थिए।

यता ताजिकिस्तानसँगको खेलका लागि नेपाली टोलीको तयारी गत साताबाटै सुरु भइसकेको छ। प्रशिक्षणमा यसअघि यमनसँगको टोलीमा रहेका २३ सँगै अन्य ९ खेलाडीलाई डाकिएको छ। एफसी यू २३ च्याम्पियनसिपको छनोट चरण खेलेर स्वदेश फर्केपछि उक्त टोलीमा रहेका राष्ट्रि टोलीका सदस्य प्रशिक्षणमा सामेल भएका छन्। यू २३ मा १० खेलाडी राष्ट्रिय टोलीका सदस्य हुन्।

फिलिपिन्ससँगको खेलमा रातो कार्ड पाएर यमनसँगको खेल गुमाएका विक्रम लामा पनि प्रशिक्षणमा डाकिएको छ। यमनसँगको टोलीमा रहेका बाहेक प्रशिक्षणमा बोलाइएमा विक्रमसहित रेजिन धिमाल, गोलकिपर विशाल श्रेष्ठ, मानबहादुर तामाङ, विमल बस्नेत, विश्व अधिकारी, राजेन्द्र रावल, रञ्जन विष्ट र पहिलो पटक जर्जप्रिन्स कार्की छन् । राष्ट्रिय टोलीका आदित्य चौधरी भने यमनसँगको खेलका दौरान घाइते भएका थिए ।

चैत १५ गते फिलिपिन्सविरुद्धको खेलका लागि भने नेपालले कुनै मैत्रीपूर्ण खेल खेलको थिएन । यमनसँग जेठ २७ गते खेल्नु एकसाता अघि भने नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलेको थियो । अघिल्ला दुई मध्ये एक खेल बराबरी र अर्कोमा हार बेहोरेको नेपाल समूह एफको तेस्रो स्थानमा छ ।

नेपालको १ अंक छ । ६ अंकसहित फिलिपिन्स शीर्षस्थानमा, ४ अंकसहति यमन दोस्रो स्थानमा छ । ताजकिस्तान अंक बिहिन छ । फिलिपिन्ससँग उसकै मैदानमा ४–१ को हार बेहोरेको नेपालले घरेलु मैदानमा यमनसँग ०-०  को बराबरी खेलेको थियो ।

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.