default_image

7 years ago

July 24, 2017

युनाइटेडसँग रियल म्याड्रिड पराजित

एजेन्सी – जारी प्रि-सिजनको पहिलो मैत्रीपूर्ण खेल खेलिरहेको स्पेनिस च्याम्पियन रियल म्याड्रिडले पहिलो खेलमै पराजय भोगेको छ। म्याड्रिडले आइतबार भएको खेलमा म्यानचेस्टर युनाइटेडसँग पेनाल्टीमा हार व्येहोर्यो। निर्धारित समयको खेल १-१मा सकिएपछि खेलको छिनोफानो पेनाल्टीमार्फत गरिएको थियो। खेलको ४५औं मिनेटमा जेसे लिङ्गार्डले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। तर ६६औं मिनेटमा युनाइटेडका नयाँ खेलाडी भिक्टर लिन्डफले […]

36 views

0 Bookmark

एजेन्सी – जारी प्रि-सिजनको पहिलो मैत्रीपूर्ण खेल खेलिरहेको स्पेनिस च्याम्पियन रियल म्याड्रिडले पहिलो खेलमै पराजय भोगेको छ। म्याड्रिडले आइतबार भएको खेलमा म्यानचेस्टर युनाइटेडसँग पेनाल्टीमा हार व्येहोर्यो।

निर्धारित समयको खेल १-१मा सकिएपछि खेलको छिनोफानो पेनाल्टीमार्फत गरिएको थियो। खेलको ४५औं मिनेटमा जेसे लिङ्गार्डले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। तर ६६औं मिनेटमा युनाइटेडका नयाँ खेलाडी भिक्टर लिन्डफले म्याड्रिडका नवप्रवेशी थियो हर्नान्डेजलाई लडाएपछि पेनाल्टी पायो। क्यसेमिरोले उक्त पेनाल्टीलाई गोलमा परिणत गर्दै खेललाई बराबरीमा ल्याए।

पेनाल्टी सुटआउटमा भने दुवै टोलीको प्रहार फितलो रह्यो। युनाइटेडले पेनाल्टीमा २-१ले विजयी रहेको थियो। युनाइटेडका डेली ब्लिन्ड र हेनरिक मिखीतार्यानले पेनाल्टीमा गोल गरे भने एन्थोनी मार्सियाल, लिन्डेलफ र म्याकटोमिनेको पेनाल्टी गोल गर्न चुके। रियलको लागि भने केजाडा बाहेक सबैको प्रहारमा गोल हुन सकेन। म्याड्रिडका कोभाचिच, ओस्कार, हर्नान्डेज र क्यसेमिरोको प्रहार गोल भएको थिएन।

प्रशिक्षक जिदानले पहिलो हाफमा बलियो टोली उतारेपनि दोश्रो हाफमा भने युवा खेलाडीहरुलाई मौका दिएका थिए। यता मोउरिन्होले भने युवा र अनुभवी खेलाडीको सम्मिश्रण गरेर टोली उतारेका थिए।

रियलले अर्को खेलमा म्यानचेस्टर सिटीको सामना गर्दैछ। दुइ टोलीबिचको खेल बुधबार हुने कार्यक्रम रहेको छ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.