default_image

7 years ago

July 27, 2017

एन्फा बैठक सुरु नभई स्थगित

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को बैठक बिहीबार सुरु नभइ स्थगित भएको छ । अघिल्लो दिन रुस्लान थ्री स्टार क्लबलाई क्षतिपूर्ति दिने विषयमा चर्को विवाद भएपछि एन्फाले बिहीबारको बैठक सुरु नै गर्न सकेन । ‘अर्को सुचना नभएसम्मका लागि बैठक स्थगित गर्न अध्यक्षले निर्देशन दिनुभएको छ,’ एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले […]

23 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को बैठक बिहीबार सुरु नभइ स्थगित भएको छ । अघिल्लो दिन रुस्लान थ्री स्टार क्लबलाई क्षतिपूर्ति दिने विषयमा चर्को विवाद भएपछि एन्फाले बिहीबारको बैठक सुरु नै गर्न सकेन ।

‘अर्को सुचना नभएसम्मका लागि बैठक स्थगित गर्न अध्यक्षले निर्देशन दिनुभएको छ,’ एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले भने,‘अर्को बैठक कहिले हुन्छ । अहिले भन्न सकिन्न ।’

बैठकका लागि तय ९ वटा एजेन्डामा थ्री स्टारलाई क्षतिपूर्ति दिने विषयबाहेक सबै विषयमा लगभग सहमति भएको बताइएको थियो । हिजो थ्री स्टारका विषयमा टुंगोमा पुग्न नसकेपछि आज १ बजे बस्ने गरि बैठक स्थगित गरिएको थियो । तर, आज एकाएक बैठक स्थगित गरिएको छ ।

पहिलो चरण पार गरेपनि एन्फाको गल्तिका कारण थ्री स्टारले गत बर्ष एएफसी कपको दोस्रो चरण खेल्न नपाएपछि एन्फा विवादमा पर्दै आएको छ । थ्री स्टारले दोषीमाथि कारवाही र ६ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेर आफ्नो माग पुरा नभएसम्म एन्फाका कुनै पनि प्रतियोगिता भाग नलिने निर्णय गरेको थियो ।

एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ र अन्य पदाधिकारीको टोलीले थ्री स्टारसँग पटक पटक छलफल गरि १ करोड ५० लाख रुपैयाँ क्षतिपूर्ति दिने गरि भद्र सहमति गरेको थियो । त्यो भद्र सहमतिलाई एन्फा कार्यसमितिबाट पास गराउन कठिन देखिएपछि अध्यक्ष श्रेष्ठले बैठक स्थगित गरेको अनुमान गरिएको छ ।

बैठकको पहिलो दिन दोषीमाथि कारवाही नगरि क्षतिपूर्तिमात्र दिन नसकिने अवाज चर्को रुपमा उठेपछि अध्यक्ष श्रेष्ठसहित दबाबमा परेको छ । एन्फाका प्रवक्ता समेत रहेका सिइओ तुलाधरले अध्यक्ष, प्रथम उपाध्यक्ष मणी कुँवर , महासचिव धिरेन्द्र प्रधान र आफुको टोलीलाई कार्यसमितिले अघिल्लो बैठकमा थ्री स्टारसँग वार्ता गर्न जिम्मा दिएको र त्यहिअनुरुप भद्र सहमति गरेको यसअघि नै बताइसकेका छन् ।

तर, महासचिव प्रधान र एन्फाका वरिष्ठ अधिकृत गोकुल थापालाई कारवाही गर्नुपर्ने माग हिजोको बैठकमा उठेको थियो । केही सदस्यले कारवाही गरेपछि थ्री स्टारलाई क्षतिपूर्ति दिन आवश्यक नहुने तर्क गरेका थिए भने केहीले यो विषयलाई साधारण सभाबाट टुंगाउने पर्ने भनाई राखेका थिए ।

एन्फाले बिहीबार जारी गरेको सुचना यस्तो छ ।

 

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.