default_image

8 years ago

August 13, 2017

सिटीको विजयी सुरुवात

100 views

0 Bookmark

ब्राइटन (एजेन्सी) – इङ्गलिस प्रिमियर लिग अन्तर्गत प्रिमियर लिगमा यसै सिजन बढुवा भएको ब्राइटन एण्ड होभ आल्बिएनलाई २-०ले पराजित गर्दै म्यानचेस्टर सिटीले लिगमा विजयी सुरुवात गरेको छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि सिटीले दुवै गोल दोश्रो हाफमा गरेको थियो।

ब्राइटनको घरेलु मैदान एमेक्स रंगशालामा खेलिएको खेलमा गोलरक्षक म्याट रायनले उत्कृष्ट बचाउ गर्दै टोलीलाई खेलमा जिवितै राखेका थिए। तर दोश्रो हाफको ७०औं मिनेटमा सर्जियो अगुएरोले गोल गर्दै सिटीलाई अग्रता दिलाए। उनले डेविड सिल्भाले उपलब्ध गराएको बललाई सजिलै गोलमा परिणत गरेका थिए।

त्यसको ५ मिनेट नबित्दै सिटीले आत्मघाती गोलको मद्दतले २ गोलको अग्रता लिन सफल रह्यो। फर्नान्डिन्होको क्रसमा ग्याब्रीयल जेससलाई हेडिङ गर्न रोक्न खोज्दा डिफेन्डर लेविस डंकले आफ्नै पोष्टमा गोल गरेका थिए।

यस जितसँगै उपाधिको लक्ष्य राखेको सिटीले महत्त्वपूर्ण तीन अंक हासिल गरेर सुखद सुरुवात गरेको छ। ब्राइटनले भने प्रिमियर लिगको पहिलो अंक जोड्न अर्को खेल कुर्नेछ।

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

Success

Thank you for your time.