8 years ago
August 13, 2017
म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेडले दमदार ढंगले इङ्लिस प्रिमियर लिगको सुरुआत गरेको छ । आइतबार वेस्ट ह्यामलाई ४–० ले हराउदै म्यानचेस्टर युनाइटेडले नयाँ सिजनको सानदार सुरुआत गरेको हो । पहिलो खेलमा ४ गोल गरेपछि युनाइटेड तीन दिनअघि सुरु भएको लिगको अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

घरेलु मैदान ओल्ड ट्राफर्डमा युनाइटेडले खेलको सुरुआत देखि पकड जमायो । काउन्टर एट्याकमा धारिलो देखिएको युनाइटेडले ३३ औं मिनेटमा रोमेलु लुकाकुको गोलबाट अग्रता लियो । यो सिजन एभर्टनबाट युनाइटेड पुगेका लुकाकुको लिगमा युनाइटेडबाट त्यो ‘डेब्यू’ खेल थियो ।
नेमान्जा म्याटिचले मिडफिल्डमा बलमा पकड खोसेपछि सुरु भएको काउन्टर एट्याकमा मार्कस रास्फार्डको पासमा लुकाकुले हानेको प्रहार पहिलो पोस्टमा लाग्दै गोलमा परिणत भयो । दोस्रो हाफमा लुकाकुले हेनरिक मेखेतेरियनको फ्रिकिकमा हेडर मार्फत गोल गर्दै युनाइटेडको अग्रता दोब्बर गरे । त्यस्तै ७९ औं मिनेटमा रास्फार्डलाई परिवर्तन गर्दै मैदान प्रवेश गरेका एन्थोनी मार्सियलले ८७ औं मिनेटमा युनाइटेडलाई तेस्रो गोल दिलाए ।
म्याटिचको आगमनसँगै मिडफिल्डमा स्वतन्त्र देखिएका पौल पोग्बाले ९० औं मिनेटमा करिब २० यार्डबाट गोल गर्दै युनाइटेडको जितलाई थप सहज बनाए । मिडफिल्डमा पाएको मार्सियलको पासपछि पोग्बाले आफुलाई स्पेस बनाउदै गरेको विश्वस्तरिय प्रहारले वेस्ट ह्यामका किपर जो हार्टलाई कुनै मौका दिएन ।
दस खेलाडीमा सिमित न्युकासल यूनाइटेडलाई २–० ले हराउदै टोटेनह्याम हटस्पर्सले प्रिमियर लिगमा सुखद सुरुआत गर्यो । पहिलो हाफ गोलरहित रहेपनि दोस्रो हाफमा प्रिमियर लिगको नवप्रवेशी न्युकासलका कप्तान जोन्जो शेल्भी सोझै रातो कार्डको सामना गर्दै बाहिरिएपछि टोटेनह्यामले खेलको दोस्रो हाफ आफ्नो कब्जामा राख्यो । टोटेनह्यामका मिडफिल्डर डेले अलीलाई जानी जानी खुट्टामा टेकेपछि शेल्भीले सिधै रातो कार्ड पाए ।

टोटेनह्यामले ६१ औं मिनेटमा अलीको गोलमा अग्रता पायो । ह्यारी केन र क्रिस्टियन एरिक्सनको साझेदारीपछि एरिक्सनको क्रसलाई ट्याप गर्दै अलीले टोटेनह्यामलाई अग्रता दिलाए । स्पर्सले ७० औं मिनेटमा बेन डेभिसको गोलमा अग्रता दोब्बर पार्यो ।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]