8 years ago
August 14, 2017
बार्सिलोना (एजेन्सी) – स्पेनिस सुपर कप अन्तर्गत बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा खेलिएको पहिलो लेगको खेलमा रियल म्याड्रिड ३-१ले विजयी भएको छ। रियलका रोनाल्डोले दोहोरो पहेंलो कार्ड पाएपछि अन्तिम समयमा १० खेलाडीमा सिमित रियलले पहिलो लेगमा राम्रो अग्रता बनाएको छ।
निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर दोश्रो हाफको ५ मिनेट नबित्दै रियलले खेलमा अग्रता लियो। लेफ ब्याक मार्सेलोले क्रस गरेको बल बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले क्लियर गर्न खोज्दा आफ्नै पोष्टतर्फ गोल हुन् पुगेको थियो। त्यसपछि खेलको ७७औं मिनेटमा गोलरक्षक कलर नाभासले बार्सिलोनाका फरवार्ड लुइस सुआरेजलाई लडाएपछि रेफ्रीले बार्सालाई पेनाल्टी दिए। लिओनेल मेस्सीले उक्त पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।
पहिलो रोजाइमा नपरेका कारण ५८औं मिनेटमा मैदान प्रवेश गरेका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले ८०औं मिनेटमा उत्कृष्ट गोल गरेपछि रियलले खेलमा पुन: अग्रता लियो। रोनाल्डोले इस्कोको पास लिएर पिकेलाई छक्याउँदै बक्स बाहिरबाट गरेको प्रहार टप कर्नरमा उत्कृष्ट ढंगले छिरेको थियो। उनले उक्त गोलको खुशी मनाउने क्रममा जर्सी उतारेपछि पहेंलो कार्ड पाएका थिए।
त्यसको १ मिनेटपछि रोनाल्डो अर्को आक्रमणका क्रममा बक्सभित्र बार्सिलोनाका स्यामुएल उम्टिटीले फल हानेको जनाउदै बक्सभित्र लडे। तर, रेफ्रीले रोनाल्डोलाई फल नहानेको र उनले डाइभ दिएको आरोपमा दोश्रो पहेंलो कार्ड देखाउँदै रातो कार्ड दिए। १० खेलाडीमा सिमित रियलआ लागि ९०औं मिनेटमा मार्को एसेन्सियोले गोल गरेका थिए। उनले लुकास भाज्केजको पासलाई सदुपयोग गर्दै उत्कृष्ट गोल गरेका थिए।
पहिलो लेगमा ३-१को अग्रता लिएको रियलले दोश्रो लेगक लागि बार्सिलोनालाई घरेलु मैदान सान्टियागो बर्नाबाउमा आमन्त्रण गर्नेछ। त्यस खेलमा रातो कार्ड पाएका फरवार्ड क्रिस्टियानो रोनाल्डो भने उपस्थित हुने छैनन्।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]