default_image

8 years ago

August 14, 2017

नेयमारको उत्कृष्ट डेब्यु

200 views

0 Bookmark

ग्वेनगाम्प (एजेन्सी) – पेरिस सेन्ट जर्मेन (पिएसजी)मा विश्व कीर्तिमानी ट्रान्सफर पुरा गरेर आएका ब्राजिलियन फरवार्ड नेयमारले आफ्नो डेब्यु खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन्। उनले आफ्नो डेब्युमै १ गोल र  असिस्ट प्रदान गरेका हुन्।

नेयमारबिनाको पहिलो खेल २-०ले जितेको पेरिसले दोश्रो खेलमा ३-०को जित दर्ता गर्दै शत प्रतिशत जितको सिलसिलालाई कायमै राखेको हो। नेयमारले पिएसजीको तीनओटै गोलमा महत्त्वपूर्ण भूमिका खेलेका थिए। पहिलो गोलमा उनकै पासमा बल बक्सभित्र पुगेपछि आत्मघाती गोल भएको थियो भने कभानीले गरेको दोश्रो गोलमा नेयमारकै असिस्ट थियो। उनले खेलको अन्त्यतिर कभानीको पासमा गोल गर्दै उत्कृष्ट प्रदर्शनलाई सार्थक बनाएका थिए।

४-३-३को पद्दतिमा खेलेको पिएसजीको लागि नेयमार बायाँतर्फ खेलेका थिए। उनले आक्रमणमा जाँदा थप स्वतन्त्रता पाएका थिए जसकारण विपक्षी डिफेन्डरलाई उनलाई रोक्न हम्मे-हम्मे पारेको थियो। उनले गरेको धेरै प्रहार विपक्षी गोलरक्षकले रोकेपनि उनले गोल गर्न सफल रहे।

डेब्युमा नेयमारको प्रदर्शन (उनकै टोलीका कभानी र डी मारियासँग दाँजेर हेर्दा):

सट –  नेयमार ६, कभानी ६, डी मारिया ६

पास – नेयमार ८८, कभानी २१, डी मारिया ६३

पास एक्युरेसी – नेयमार ७६%, कभानी ९१%, डी मारिया ८६%

महत्त्वपूर्ण पास – नेयमार ७, कभानी २, डी मारिया ०

विपक्षीसँग आमनेसामने – नेयमार २२, कभानी ४, डी मारिया७

विपक्षीसँग आमनेसामने सफलता – नेयमार ७३%, कभानी ५०%, डी मारिया २९%

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

Success

Thank you for your time.