8 years ago
August 14, 2017
बार्सिलोना (एजेन्सी) – स्पेनिस सुपर कप अन्तर्गत पहिलो लेगको खेलमा रेड कार्ड पाएपछि क्रिस्टियानो रोनाल्डोले रेफ्रीमाथि देखाएको आक्रोशको कारण उनले लामो समय प्रतिबन्धमा पर्ने सम्भावना बढेको छ। बार्सिलोनाविरुद्ध आइतबार खेलिएको खेलमा रोनाल्डोले २ मिनेटको अन्तरमा २ पहेंलो कार्ड पाउँदै मैदान बाहिरिएका थिए।

सुपर कपको पहिलो लेगमा बार्सिलोनासँग उत्कृष्ट गोल गरेपछि आफ्नो जर्शी खोलेर खुशी मानाउँदा रोनाल्डोले पहिलो पहेलो कार्डको सामना गरे। त्यसको १ मिनेटपछि बार्सिलोनाको बक्समा लडेर पेनाल्टीको अपेक्षा गर्दा रिकार्डो डी बुर्गोस बेनगोएस्ताले उनलाई दोहोरो पहेलो कार्ड देखाए । प्रतिकारमा आक्रोशीत रोनाल्डोले रेफ्रीलाई धकेलेपछि उनीमाथी थप कारबाही हुने सम्भावना बढेको छ।
स्पेनिस फुटबल एसोसिएसनको नियम अनुसार रेफ्रीमाथी हात लगाउदा ४ खेलदेखी १२ खेलसम्म गुमाउने निश्चित हुन्छ । रेफ्री डी बुर्गोसले आफ्नो खेलपछिको प्रतिवेदनमा रोनाल्डोले धकेलेको पनि खुलाएका छन् , त्यसैले उनले सजाय पाउने लगभग पक्का छ ।, ‘रातो कार्डको सामना गरेपछि रोनाल्डोले मलाई असहमतिमा धकेले ‘ , रेफ्रीको प्रतिवेदनमा उल्लेख छ।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]